काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्सले लगातार तेस्रो हार बेहोरेको छ ।
गएराति भएको खेलमा पञ्जाब किङ्ग्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार बेहोरेको हो । पञ्जाबले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा अलआउट हुँदै एक सय २६ रन मात्र बनाउन सक्यो । यस अघि मुम्बईमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो ।
यस जितसँगै पञ्जाबले तीन खेलमा दोस्रो जित निकालेर चार अङ्क जोडेको छ ।...