इन्द्रजात्राका दुई केन्द्र- काठमाडौंमा आकाश भैरव, भक्तपुरमा हाथुद्यः

काठमाडौँ– आज इन्द्रजात्रा । यो जात्रा विशेषतः काठमाडौँको प्रमुख जात्रा हो। काठमाडौंमा पनि इन्द्रजात्रा हनुमानढोका दरबार क्षेत्र वरिपरिमात्रै केन्द्रित छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको आकाश भैरवको अजंगको मुखाकृति इन्द्रजात्राको मुख्य आकर्षण हो। इन्द्रजात्राको अवसरमा आकाश भैरवको मुखबाट जाँड खन्याउने र उक्त जाँड खान भक्तजनहरुबीच तँछाडमछाड नै हुन्छ। आकाश भैरव देवताको प्रसादको रुपमा उक्त जाँड खाने […]

सम्बन्धित सामग्री

आकाश भैरव मन्दिर परिसरका लस्सी पसलहरु बन्द (तस्वीरहरु)

काठमाडौं । दशैंको लागि न्यूरोड बजार आएका एलिया मगर गर्मीका कारण शीतलताका लागि सँधै लस्सी पिउने पसल इन्द्रचोक पुग्दा अचम्भित भइन् । उनले आफ्नो परिवारलाई मिठो लस्सीले चिनिने आकाश भैरव मन्दिर मुनिका लस्सी पसल नै लिएर आएकी थिइन् । तर शनिवार उनी पुग्दा कुनै पनि लस्सी पसल खुल्ला थिएनन् । नजिकै रहेको जुत्ता पसलमा बुझ्दा विहीवार देखि बन्द भएको बताए । अनि उनी नजिकै रहेको लस्सी पसलको भीड छिचोलेर परिवार सहित पिउन गइन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको निर्देशनमा उक्त पसलहरु बन्द गराएपछि यस क्षेत्र सुनसान जस्तै छ । नेवार समुदायको एक महत्वपूर्ण देवता मध्ये आकाश भैरवलाई पनि मानिन्छ।  ‘आकाशका देवता’ मानिने यस हिन्दु देवतालाई काठमाडौंका धेरै मन्दिरहरू समर्पित गरिएको छ र इन्द्रचोकको बीचमा रहेको आकाश भैरवको मुर्ति र मन्दिर सबैभन्दा प्रसिद्ध मन्दिरको रुपमा लिइन्छ ।  त्यही अनुरुप उक्त पवित्र मन्दिर परिसरमा लस्सी पसलका कारण मन्दिरको पवित्रतामा आँच आएको तथा जुठो गिलासहरुले मन्दिर परिसर फोहोर भएको कारण पसलहरु बन्द गरिएको महानगरको भनाई छ ।  यस स्थानमा गर्मी मौसममा दिनको ३०० देखि ७०० गिलास सम्म लस्सी विक्री हुने इन्द्रचोक क्षेत्रमा दैनिक २/३ लाख रुपैयाँबराबरको कारोवार हुने गरेको थियो ।  फाइल तस्वीर तस्वीरहरु: सुनिल शर्मा / आर्थिक अभियान

विदेशमा रहेका नेपालीले मनाए इन्द्रजात्रा

काठमाडौं । विदेशमा रहेको नेपालीहरुले पनि इन्द्र जात्रा र कुमारी जात्रा धुमधामसँग मनाएका छन् । अमेरिका, बेलायत, क्यानाडा र अष्ट्रेलियाको विभिन्न शहरहरुमा नेपालीहरुले जात्रा मनाएका हुन । त्यहाँ रहेको विभिन्न नेवार संघ संस्थाहरुको आयोजनामा नेपालको मौलिक कला संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न यस्तो जात्रा मनाएका हुन । ती शहरहरुको कुमारीको रथ तानेर, लाखे, आकाश, भैरव गण, पुलु […]

राजा खोज्दै छ समाज

स्थानीय बासिन्दाको निमन्त्रणालाई स्वीकारेर भक्तपुर पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार तलेजु भवानी र आकाश भैरव मन्दिरमा पूजाअर्चना गरेका छन्। उनलाई स्वागत गर्न भक्तपुर दरबार स्क्वायरमा स्थानीय ठूलो सङ्ख्यामा जम्मा भएर नेपालको राष्ट्रिय झण्डा फहराएका थिए भने कलाकारको समूहले परम्परागत सांस्कृतिक साङ्गीतिक बाजा बजाएका थिए। उक्त अवसर पारेर पूर्व राष्ट्राध्यक्षको सम्मानमा सांस्कृतिक शोभायात्रा पनि आयोजना गरिएको […]

इन्द्रजात्रा र हल्चोक आकाश भैरव

काठमाडौं उपत्यकाका आदिवासी, रैथाने समुदायको रूपमा परिचित नेवाहरू महिनैपिच्छे कुनै न कुनै चाडपर्व वा जात्रा मनाइरहेकै हुन्छन् । नेवाहरूले सालाना मनाउने विभिन्न जात्रापर्वहरूमा मकुण्डो नाचको विशेष महत्व छ । नेवारहरूले निकाल्ने मकुण्डो नाच तान्त्रिक विधिविधान अनुसार जीवित देवताहरू नै प्रस्तुत गर्ने गरिन्छ । यस्तै नेवारहरूको ठूलो जात्रा इन्द्रजात्रामा पनि विभिन्न मकुण्डो नाच निकालिने गरिन्छ । […]

आकाश भैरव

काठमाडौंको इन्द्रचोकस्थित आकाश भैरवको मूर्ति । आकाश भैरवको मूर्ति बिहीबार (आज) मन्दिरबाहिर निकालिएको छ । इन्द्रजात्राभर यो मूर्ति मन्दिरबाहिर दर्शनका लागि राख्ने गरिन्छ । तस्बिर : सुनिल प्रधान/बाह्रखरी ।

चोरी भएको आकाश भैरवको मूर्ति खोज्न माग

नार्गजुन नगरपालिका सशस्त्र प्रहरीको मुख्यालयसँगै रहेको आकाश भैरव मन्दिरबाट चोरी भएको मूर्तिको खोजी गरी पत्ता लगाउन संरक्षण महाअभियानले माग गरेकाछन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सम्पदा संरक्षण महाअभियानले चोरी भएको मूर्तिको खोजी गरी तत्काल पुनःस्थापना गर्न माग गरेको हो ।कार्यक्रममा बोल्दै सम्पदा संरक्षण महाअभियान अभियन्ता यादवलाल कायस्थले काठमाडौं जस्तो सहरमा दिनदाहाडै मूर्ति […]

हलचोकबाट आकाश भैरवको मूर्ति चोरी

काठमाडौं : सोमवार राति हलचोकबाट आकाश भैरवको मूर्ति चोरी भएको छ। हल्चोक आकाश भैरव गुठीका अध्यक्ष सागर पुतुवारले मूर्ति चोरी भएको जानकारी दिए। राति करिब १२ बजेको मूर्ति चोरी गरेको उनले बताए। प्रहरीले घटनाको छानबिन गरिरहेको छ। पछिल्लो केही समयदेखि काठमाडौं उपत्यकामा देवदेवीको मूर्ति चोरी हुने क्रम बढेको छ। केही…

इन्द्रजात्राको लागि मुकुट बनाउने तेजबहादुर

२५ भदौ, काठमाडौं । भगवान बहालको सम्मुखमा रहेको एउटा गल्लीभित्र आफ्नै घरमा मुकुट सिँगार्न भ्याइनभ्याइ छ ८३ वर्षीया तेजबहादुर चित्रकारलाई । उनले थाहा पाएसम्म ५ पुस्ता भयो हलचोकबाट इन्द्र जात्रामा आउने आकाश भैरव, चण्डी कुमार र चण्डी कुमारीको मुकुट सिँगार्न थालेको पनि । अहिले पनि कुसे औंसीको भोलिपल्टदेखि ११ दिनपछि आउने एकादशीको दिनसम्म उनको पूरा […]

काभ्रे जिल्ला लिग फुटबलको उपाधि एविसीलाई

काभ्रे : काभ्रे जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि आकाश भैरव क्लब (एविसी)ले जितेको छ। मंगलबार धुलिखेल रंगशालामा सम्पन्न भएको फाइनल खेलमा बनेपा ब्वाइज क्लब (विविसी)लाई ट्राइब्रेकरमा चार गोलका विरुद्ध पाँच गोल गर्दै एविसीले उपाधि हात पारेको हो।फाइनलको  निर्धारित समय र थप गरिएको आठ मिनेटको खेल एक÷एक गोलको बराबरीमा टुङ्गिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। जसमा एविसीले विविसीलाई ५–४ गोल अन्तरले पराजित गरेको हो।  लिग विजेता एविसीले नगद ५० हजार रुपैयाँसहित  ट्रफी, मेडल र