काठमाडौं ।कृषि उत्पादन वितरणलाई सहज बनाउन सल्यानको कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषिजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका लागि एम्बुलेन्स सञ्चालन गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानको ५० प्रतिशत अनुदान र कृषिउपज बजार सञ्चालक समिति कपुरकोटको ५० प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ सल्यानका प्रमुख […]
कास्की – पोखरा महानगरपालिकाले किसानलाई सघाउ पुग्ने गरी गाउँगाउँमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरेको छ । साना किसानहरुले उत्पादन गरेका कृषि सामग्रीहरु सहजै बजारमा बस्नेहरुले किन्न सक्ने गरी महानगरले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । कृषि एम्बुलेन्सबाट तरकारी बजार पुर्याएपछि उपभोक्ताले पनि ताजा तरकारी खान पाएका छन् ।
देशका धेरैजसो किसानहरुले उत्पादन गरेको तरकारी र फलफूलले बजार नपाउँदा सडकमा फालेर विरोध जनाउने गरेका छन् । उपभोक्ताहरुले भने बाहिरबाट आएका तरकारी र फलफूल महँगोमा किन्नुपर्ने बाध्यता छ । कि...
कास्की – पोखरा महानगरपालिकाले आजदेखि कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरका मेयर धनराज आचार्यले कृषि एम्बुलेन्सकाे शुभारम्भ गर्नुभयाे ।
मेयर आचार्यले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षितरूपमा बजार र उपभोक्तासम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालन गरेको बताउनुभयो । किसानलाई आत्मनिर्भर बनाउन उनीहरूले उत्पादन गरेका सामग्रीलाई बजारको सरल र सहज पहुँचको आवश्यकता रहेको जनाउँदै महानगरले किसानमैत्री कार्यक्रममा जोड दिएको उहाँको भनाइ छ ।
महानगरका कृषि तथा पशुपक्षी मह...
रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रको समस्याको समाधानको लागि रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलका अनुसार नगर भित्रका किसान लक्षित गदै कृषि एम्बुलेन्स सञ्चालन गरी कृषि जय बजारसम्म पु¥याइने छ । ९ वटै वडाका किसानले उत्पादन […]
पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो ।फलफूल तरकारी मूल्य शृङ्खला विकास आयोजनासँगको साझेदारीमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको पोखरा महानगरले जनाएको छ । एम्बुलेन्स सेवा सञ्चालनसम्बन्धी सम्झौतामा आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कृषि तथा पशुपछि विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल हस्ताक्षर गरे । कृषि एम्बुलेन्सले महानगरप
पर्वत : कास्कीको पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ।ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित फलफूल तरकारी मूल्य शृंखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो। यस सम्बन्धी सम्झौतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गरेका छन्।कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाबाट कृषि उत्पादनको सङ्कल
पोखरा। पोखरा महानगरपालिकाले कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सुरु गरेको छ। आगामी वर्षदेखि कृषि एम्बुलेन्स चलाउने कार्यक्रम ल्याए पनि अहिले नै सुरु गरिएको हो।
पोखराको कृषि विकाश महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै कृषि उपज ढुवानी सेवा सुरु गरेको हो।
स्याङ्जा : डोकोमा बोकर तरकारी बेच्न कृषि सहकारीसम्म झर्नुपर्ने समस्या अन्त्य भएपछि फेदीखोला गाउँपालिकाकी किसान जमुना सुवेदी दङ्ग छिन्। केही दिनअगाडि तरकारी बिक्री नभएर कुहिएको समाचार रेडियोमा सुनेकी सुवेदी आफ्नै बारीमा तरकारी खरिद गर्ने गाडी आएपछि तरकारी कुहिने पिरलो नभएको बताउँछिन्। नयाँ भेरियन्टसहित कोभिड १९ को रोकथामका लागि गरिएको निषेधाज्ञाको कारण जमुनाजस्तै पिरलोमा परेका किसानहरुलाई मध्यनजर गर्दै फेदीखोला गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएको छ। गाउँपालिकाको कृषि एम्बुलेन्स तरका