पर्वत : कास्कीको पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ।ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित फलफूल तरकारी मूल्य शृंखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो। यस सम्बन्धी सम्झौतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गरेका छन्।कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाबाट कृषि उत्पादनको सङ्कल