स्याङ्जा : डोकोमा बोकर तरकारी बेच्न कृषि सहकारीसम्म झर्नुपर्ने समस्या अन्त्य भएपछि फेदीखोला गाउँपालिकाकी किसान जमुना सुवेदी दङ्ग छिन्। केही दिनअगाडि तरकारी बिक्री नभएर कुहिएको समाचार रेडियोमा सुनेकी सुवेदी आफ्नै बारीमा तरकारी खरिद गर्ने गाडी आएपछि तरकारी कुहिने पिरलो नभएको बताउँछिन्। नयाँ भेरियन्टसहित कोभिड १९ को रोकथामका लागि गरिएको निषेधाज्ञाको कारण जमुनाजस्तै पिरलोमा परेका किसानहरुलाई मध्यनजर गर्दै फेदीखोला गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएको छ। गाउँपालिकाको कृषि एम्बुलेन्स तरका