काठमाडौं : नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अन्तर्गत आज प्रदेश कार्य समितिका लागि निर्वाचन हुँदैछ। सभापति पदका लागि कृष्णा यादव र रामसरोज यादवले मंगलवार मनोनयन दर्ता गराएका छन्।
जनकपुरको रामचौकस्थित गोपाल धर्मशालामा मतदान केन्द्र तोकिएको छ। बिहानैदेखि प्रतिनिधिहरु मतदान केन्द्रमा पुगेका छन्। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपछि अब…