काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले बिहीवार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन्।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री खाणले नागरिकता नपाएका नेपाली नागरिक भएका आमा बाबुका नागरिकता पाउन नसकेका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने बताए।
२०७२ सालमा संविधान बनेपछि कानुन…