गृहमन्त्री खाण र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाण र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।   भेटमा सरकारले ल्याउन लागेको नागरिकता ऐन संशोधन विधेयकका विषयमा छलफल भएको बुझिएको छ । यसअघिको संसदमा पेस भएको नागरिकता विधेयक फिर्ता लिएको सरकारले नयाँ विधेयक ल्याउँदैछ । नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गराउन गृहमन्त्री खाण र कानुनमन्त्री गोविन्द शर्मा कोइराला दौडधुपमा छन् । सरकारले प्रतिनिधि सभाको यही अधिवेशनमा यो विधेयक पारित गराउने तयारी गरेको छ । आउँदाे मंसिरमा प्रतिनिधि सभा र...

सम्बन्धित सामग्री

नयाँ सरकारको प्राथमिकता आर्थिक विकास : गृहमन्त्री खाण

काठमाडौं, २३ मंसिर । गृहमन्त्री बालकृष्ण खाणले नया बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताएका छन् । भैरहवामा आजदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै मन्त्री खाणले यो सरकारले उद्योगी व्यवसायीको विषयलाई गम्भीरताका साथ लिएको बताउँदै नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई अझै चलायमान बनाएर यो क्षेत्रको विकास गर्नु हो […]

गृहमन्त्री खाण र राप्रपाका बोहराबीच को अगाडि ?

काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि परेका छन् । शुक्रबार बिहानको पछिल्लो परिणामअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री खाणलाई पछाडि पारेका हुन् । राप्रपाका बोहराले २५३५९ मतसहित अग्रता लिएका छन् । गृहमन्त्री खाणले २४९९३ मतसहित पच्छाइरहेका छन् । रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण

काठमाडौँ,१६ कार्तिक । गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।” बुटवलमा आज आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी […]

खेलाडी राष्ट्रका गहना हुन : गृहमन्त्री खाण

काठमाडौँ,४ कार्तिक । गृहमन्त्री बालकृष्ण खाणले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले वर्तमान तथा पूर्वखेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा सरकारले विशेष ध्यान दिने बताए । खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने मात्र नभई देशलाई नै अन्तर्राष्ट्रिस्तरमा चिनाउन काम […]

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । गृहमन्त्री खाण र राजदूत यान्छीबीच  शुक्रबार बिहान गृहमन्त्रालयमा भेटवार्ता भएको हो  । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन् । ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्र विरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’

प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री खाण

काठमाडौं, २१ असार गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै गृहमन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका हुन् । बैठकमा गृहमन्त्री […]

नेपाल एसपिपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण

काठमाँडौँ, २ असार । सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पारे । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाणले भने “एसपिपी कार्यक्रममा नेपाल आवद्ध भएको […]

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण

काठमाडौँ,२९ जेठ । गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहमा गृहमन्त्री खाणले नागरिकको जीवनस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले […]

गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौं, २९ फागुन : गृहमन्त्री बालकृष्ण खाण र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नकपाका प्रवक्तासँग आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको वार्तामा उठेका विषयबस्तुको कार्यान्वयन पक्षबारे दुई नेताबीच भेटवार्ता भएको हो । छलफल सकारात्मक […]

गृहमन्त्री खाण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

१८ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकारसँग भएको ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेता/कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताएका […]