गृहमन्त्री बालकृष्ण खाण सोमवार गृहजिल्ला रुपन्देही आउँदै छन् । गृहमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला रुपन्देही आउन लागेका हुन् ।
खाण स्व. कांग्रेस नेता प्रेम खरेलको शोक सभामा सहभागी हुन तिलोत्तमा आउन लागेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए । उनी १० बजे भैरहवा विमानस्थलमा झर्नेछन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं प्रभावशाली नेता खाण बधाई तथा सम्मान कार्यक्रमसमेत राखिएको छ । उनको सम्मानमा पार्टी कार्यालय भैरहवामा बिहान १० बजे सम्मान तथा भेटघाट कार्यक्रम राखिएको रज्जाकले बताए ।