गृहमन्त्री खाण दीपक बोहोरासँग पराजित

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण दीपक बोहोरासँग पराजित भएका छन् । रुपन्देही ३ मा बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खाण एमालेका दीपक बोहोरासँग पराजित भएका हुन् ।  २६८१ मतले पछि पर्दै खाण पराजित भएका हुन् । बोहराले ३६,७१७ मत ल्याउन सफल भए भने खाणले केबल ३४,०३६ मत पाए ।

सम्बन्धित सामग्री

गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेट

गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ। भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता...

गृहमन्त्री खाण र राप्रपाका बोहराबीच को अगाडि ?

काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि परेका छन् । शुक्रबार बिहानको पछिल्लो परिणामअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री खाणलाई पछाडि पारेका हुन् । राप्रपाका बोहराले २५३५९ मतसहित अग्रता लिएका छन् । गृहमन्त्री खाणले २४९९३ मतसहित पच्छाइरहेका छन् । रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

गृहमन्त्री खाण र प्रधानसेनापतिबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था र निर्वाचन सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको बताइएको छ । सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ । सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजना तयार गरिरहेको छन् ।

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । गृहमन्त्री खाण र राजदूत यान्छीबीच  शुक्रबार बिहान गृहमन्त्रालयमा भेटवार्ता भएको हो  । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन् । ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्र विरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’

गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी...

गृहमन्त्री खाण र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाण र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।   भेटमा सरकारले ल्याउन लागेको नागरिकता ऐन संशोधन विधेयकका विषयमा छलफल भएको बुझिएको छ । यसअघिको संसदमा पेस भएको नागरिकता विधेयक फिर्ता लिएको सरकारले नयाँ विधेयक ल्याउँदैछ । नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गराउन गृहमन्त्री खाण र कानुनमन्त्री गोविन्द शर्मा कोइराला दौडधुपमा छन् । सरकारले प्रतिनिधि सभाको यही अधिवेशनमा यो विधेयक पारित गराउने तयारी गरेको छ । आउँदाे मंसिरमा प्रतिनिधि सभा र...

ओलीसँग भेटपछि के भन्छन् गृहमन्त्री खाण ?

प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भेट गरेका छन् । अध्यक्ष ओलीको निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्री खाणले बताए ।‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप म र कानुन मन्त्री प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट

गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौं, २९ फागुन : गृहमन्त्री बालकृष्ण खाण र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नकपाका प्रवक्तासँग आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको वार्तामा उठेका विषयबस्तुको कार्यान्वयन पक्षबारे दुई नेताबीच भेटवार्ता भएको हो । छलफल सकारात्मक […]

रुपन्देही आउँदै गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाण सोमवार गृहजिल्ला रुपन्देही आउँदै छन् । गृहमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला रुपन्देही आउन लागेका हुन् ।  खाण स्व. कांग्रेस नेता प्रेम खरेलको शोक सभामा सहभागी हुन तिलोत्तमा आउन लागेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए । उनी १० बजे भैरहवा विमानस्थलमा झर्नेछन् ।  कांग्रेस केन्द्रीय सदस्य एवं प्रभावशाली नेता खाण बधाई तथा सम्मान कार्यक्रमसमेत राखिएको छ । उनको सम्मानमा पार्टी कार्यालय भैरहवामा बिहान १० बजे सम्मान तथा भेटघाट कार्यक्रम राखिएको रज्जाकले बताए ।

गृहमन्त्री खाण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

१८ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकारसँग भएको ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेता/कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताएका […]