काठमाडौँ– नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेललाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । शनिबार बसेको पार्टीको सचिवालय बैठकले पौडेल र गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पौडेल अवकाश प्राप्त शिक्षकसमेत हुन् ।