प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको रहेको सत्तारुढ गठबन्धनले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने भएको छ ।
यसअघि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।
सरकारका न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले प्रधानमन्त्री देउवालाई बुझाएको प्रतिवेदनमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरिएको हो ।
संसदीय व्यवस्थामा प्रधानमन्त्रीको काममा हस्तक्षेप गर्ने खालको संयन्त्र बनाउन नमि...