ओलीलाई विश्वप्रकाशको प्रश्न : उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई पिँजडामा पार्न खोजिएको त हैन ?

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई पिँजडामा थुन्न खोजेको त हैन भन्दै प्रश्न गरेका छन् ।  बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारमा ईश्वरी देवी न्यौपानेलाई प्रस्ताव गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् ।  प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने क्रममा कांग्रेसले पनि बिश्वासको मत दिएपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले माछा जालमा पारेर ढोक्सामा हाल्ने चाल चालेको त हैन भन्दै कांग्रेसमाथि गरेको प्रश्नको जवाफ दिदै शर्माले माछा जालमा पार्ने कांग्रेसको कुनै सोचाई नरहेको उल्लेख गरे ।  उनले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने जानकारी गराए । बरू एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई काम...