काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा रू. १ सय अंकित दरका १५लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा फागुन २९ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. ४५ करोड २० लाख रहेको छ । ३५ प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात पूँजी रू. ६१ करोड २ लाख पुग्नेछ ।