सङ्खुवासभामा बाढी पहिरोका कारण १२५ भन्दा बढी परिवार विस्थापित

सङ्खुवासभा । खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ । करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका […]

सम्बन्धित सामग्री

पहिराेका कारण वालिङका ५ परिवार विस्थापित

स्याङ्जा – अविरल वर्षासँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङका पाँच परिवार विस्थापित भएका छन् । वालिङ नगरपालिका–८ मियाले टोलमा वस्दै आएका पाँच दलित परिवार विस्थापित भएका हुन् । स्थानीय हरि परियार, विवेक परियार र विक्रम परियारको घर पहिरोसँगै भत्कने अवस्थामा पुगेको छ । यस्तै स्थानीय विष्णु र टीकामाया दर्जीको घर पुरिने अवस्थामा रहेको वालिङ नगरपालिकाले जनाएको छ । विस्थापित परिवारलाई नजिकैकौ अमिलाथुम प्राविको भवनमा राखिएको छ । अविरल वर्षाका कारण जिल्लाकाे जनजीवन प्रभावित भएकाे छ ।

गौमुलमा गएको पहिरोले १२ परिवार विस्थापित

लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका ५ र ढल्काँडाका ७ गरि १२ परिवार विस्थापित बनेका हुन्।...

बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भएका छन् भने सबैभन्दा कम […]

गुल्मीमा ६ परिवार विस्थापित

गुल्मी – बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रवार ६ परिवारका २० जना व्यक्ति विस्थापित भएका छन् । पहिराेले उनीहरू सबैकाे घर तथा गाेठमा क्षति पुर्‍याएकाे छ ।  विस्थापित हुने परिवारमा गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाका बासिन्दा रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोका कारण गुल्मीदरबार गाउँपालिका–७ का मानबहादुर विकको गोठ पुरिँदा भैँसी र बाख्रा मरेसँगै विकका चार जनाको परिवार विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।  त्य...

पहिरोका कारण ६ घरपरिवार विस्थापित

म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराेका कारण ६ परिवार विस्थापित भएका छन्। छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन्।...

पहिरोका कारण ६ घरपरिवार विस्थापित

म्याग्दी :   म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण ६ परिवार विस्थापित भएका छन्। छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन्।मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए। ’छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ’, उनले भने, ‘महभिरका टेकबहादुर विकका परिवारलाई सामुदायिक भवनमा अस्

खोटाङकाे जालपामा पहिरोका कारण ६ घरपरिवार विस्थापित

खोटाङ - पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ६ घरपरिवार विस्थापित भएका छन् । साविकको जालपा–८ सावालुङका जितबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् । यस्तै, पहिरोका कारण साविकको जालपा–३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित भएको वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो । धुँजा फाटेर पहिरो जान थालेपछि विस्थापितलाई हुर्लुङ–जालपा–फेदी सडक छेउमा खेतमा प्लास्टिक टाँगेर अस्थायी ब...

संखुवासभाको चिचिलामा पहिरोले १० परिवार विस्थापित

संखुवासभा :चिचिला गाउँपालिकामा पहिरोका कारण १० परिवार विस्थापित भएका छन्। लगातारको वर्षासँगै पहिरोले चिचिलाका विभिन्न स्थानमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका हुन्। चिचिला गाउँपालिका वडा नं. १ मा ६ र ३ मा ४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए। पहिरोले वडा नं. १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन्। यस्तै चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार विस्थापित भएका छन्। वडा नं. ३ मु

दाङमा पहिरोले पाँच परिवार विस्थापित

दाङ– अविरल वर्षापछि आएको पहिरोले दाङको बंगलाचुली गाउँपालिका टाकुराका ५ परिवार विस्थापित भएका छन । बिहिबार रातिदेखि खसेको पहिरोका कारण बंगलाचुली गाउँपालिका–२ टाकुराको धरमपानी टोलका ५ घर परिवार विस्तापित भएका हुन् । विस्तापित हुनेमा दिल बहादुर घर्ती, भिम बहादुर घर्ती, पाराश्वर पुन, तेज बहादुर सार्की, होम बहादुर घर्तीका परिवारका २२ जना रहेको वडा सदस्य भिमकुमार […]

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

बागलुङ। निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन्। गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवार घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। जसमध्ये धेरैजसोको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। बाढी पहिरोका कारण ७ घर उच्च जोखिममा परेका छन्।