म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण ६ परिवार विस्थापित भएका छन्। छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन्।मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए। ’छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ’, उनले भने, ‘महभिरका टेकबहादुर विकका परिवारलाई सामुदायिक भवनमा अस्