काठमाण्डाै – 'सिरियल किलर' का रूपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराले शाेभराजलाई जेलमुक्त गरी अध्यागमन विभाग पठाएको छ । अब शाेभराजलाई विभागबाट फ्रान्स पठाउन लागिएको छ । अब कहिल्यै पनि नेपाल आउन नपाउने गरी शाेभराजलाई फ्रान्स पठाउन लागेको विभागले जनाएको छ । शोभराजले भने १० दिन गङ्गालाल अस्पतालमा बसेर उपचार गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
गएको बुधवार सर्वोच्च अदालतले उमेरका कारण शाेभराजको बाँकी कैद सजाय मिनाहा गरेर रिहा ग...