काठमाडौं : सर्वोच्च अदालतको आदेशानुसार केन्द्रीय कारागारको गोलघरमा रहेका कैदी फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज छुट्ने भएका छन्।सर्वोच्चले हिजो गरेको फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतको पत्र आउन बाँकी रहेको केन्द्रीय कारागारका जेलर इश्वरीप्रसाद पाण्डेले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार सर्वोच्चको पत्र प्राप्त भए पनि सम्बन्धित जिल्ला अदालतको पत्र आउन बाँकी छ। अदालतबाट पनि आजै पत्र प्राप्त हुने उनको भनाई छ। जिल्ला अदालतको पत्र प्राप्त भएपछि आज साँझ अबेर भए पनि शोभराजलाई थुना