कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले नेकपामा अहिले देखिएको समस्या कुनै नौलो कुरा नभएको बताइन् । अहिले देखिएको समस्या इतिहासको पुनरावृत्तिमात्र भएको उनको भनाइ छ ।
गृहजिल्ला स्यांजामा दुई सहायक सडकको कालोपत्र गर्ने कार्यको आज शिलान्यास गर्दै उनले यस्तो बताएकी हुन् । उनले वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक र गल्याङ, पेलाकोट, पिडीखोला, सेतीवेणी सडकको कालोपत्र गर्ने कार्य शिलान्यास गरेकी हुन् ।
सिद्धार्थ राजमार्गसँग जोडिएका एक दर्जन सहायक भित्री सडकहरूको का...