काठमाडौं । निरन्तरको वर्षा र त्यसपछि छिनछिनमा हुने मौसम परिवर्तनका कारण देशभर भाइरलका बिरामी बढेका छन् । दिनभर स्वस्थ रहेको व्यक्तिलाई साँझ परेपछि टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिन थालेकाे छ । मौसमको असन्तुलनका कारण यस्ता समस्या देखिनु स्वभाविक भएपनि हेलचेक्र्याइँ भने गर्न नहुने चिकित्सकहरुको भनाइ छ । दिनभर स्वास्थ्य अवस्था ठिकठाक रहेको […]