करिब डेढ वर्षको कोभिड महामारी र संक्रमणले नेपालमा मात्र १६ लाख मानिसले रोजगारी गुमाएको अनुमान छ। हाल नेपालमा ११.४ प्रतिशत जनसंख्या बेरोजगार छ। यसरी हाल नेपालमा बेरोजगारी समस्या चर्को देखिएको छ। यर्थाथमा, नेपालमा २ करोड १० लाख जनसंख्या क्रियाशील श्रम योग्य जनशक्ति भएको आकलन छ। उपलब्ध यो श्रम शक्तिलाई समुचित ढंगले परिचालन गर्न सकिए मात्रै पनि मुलुकको चोला बदल्न समय लाग्ने छैन। यसरी उपलव्ध श्रमशक्ति वरदान हुनुको सट्टा अभिशाप देखिनु स्वयंमा दुर्भाग्य हो। संवैधानिक व्यबस्था