काठमाडौँ : चीनमा ओमिक्रोनको सब भेरियन्ट (उपप्रजाति) बीएफ.७ फैलिएसँगै नेपालमा पनि संक्रमण बढ्ने जोखिम उच्च रहेको भन्दै सरकारले सीमा नाकामा स्वास्थ्य सतर्कतामा कडाइ गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा आपत्कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुख डा. समीर अधिकारीका अनुसार पछिल्लो समय ओमिक्रोनको उपप्रजाति बीएफ.७ का संक्रमित छिमेकी देशमा बढ्न थालेसँगै हवाइ तथा स्थलगत सीमानाकाका सबै हेल्थ डेस्कलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको ब