बैतडीका ८ स्थानीय तह पहिराको उच्च जोखिममा

बैतडी : बैतडीका ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन्।जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुरचौंडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका हुन्।जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको छ। जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्यम जोखिममा रहेका छन्।जिल्ला