सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेर एक प्रतिवेदन सार्वजनिक भएको छ ।समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार 'द कलेक्शन' ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको बताएको दाबी गरेको छ । ‘चीनको तर्फबाट चार सैनिकको ज्यान गएको बताइएको थियो तर योभन्दा नौ गुणा धेरै कम्तीमा ३८ चिनियाँ सैनिकको ज्यान गएको थियो’, प्रतिवेदनमा भनिएको छ । त्यो प्रतिवेदनमा शोधकर्ताहरू र चीनका ब्लगर्सलाई उद्धृत गर्दै सूचना दिइएको जनाइएको छ । सुरक्ष...