रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ ।
अध्यक्षमा बुचुङ तामाङले १४३० मत पाउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका फर्पुसिङ्गी तामाङले १३४५ मत पाउनुभयो ।
उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १३८१ मत ल्याएर निर्वाचित हुनुभयो । उपाध्यक्षकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी नविना लामाले १२२३ मत प्राप्त गर्नुभयो ।
२०७४ सालमा भएको चुनावमा अध्यक्षमा बुचुङ तामाङले नै जित्नुभएको थियो ।