गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गाेरखा - गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । आरुघाटमा कांग्रेसका राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली विजयी हुनुभएको हो । गुरुङ ५ हजार ५ सय ५६ मत र नेपाली ६ हजार ३ सय ३१ मतकासाथ विजयी हुनुभएको हो। अध्यक्षमा विजयी गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण नेपालीले ४ हजार ८ सय ३३ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपाध्यक्षमा विजयी नेपालीको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता दाहालले ३ हजार ८ सय १६ मत प्राप्त गर्नुभएको छ ।  

सम्बन्धित सामग्री

गोरखाको आरुघाट गाउँपालिका अध्यक्षमा र उपाध्यक्षमा कांग्रेस विजयी

गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली निर्वाचित भएका हुन् ।