जिराभवानीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

वीरगञ्ज- पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्। दुबै जनाले गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा एमालेका रामपृत महतो र उपाध्यक्ष उषा देवी थरुनीलाई पराजित गरेका हुन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरीले ४ हजार ५६० मत ल्याएर विजयी भएका […]

सम्बन्धित सामग्री

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा तारा थारु बिजयी भएका हुन् । घिमीरेले १० हजार ४५ मत ल्याई विजयी...

झापा गाउँपालिकामा कांग्रेस विजयी

झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी भएको हो। गाउँपालिकाको अध्यक्षमा जयनारायण साह विजयी भए। उनी यसअघि पनि गाउँपालिकाको अध्यक्ष थिए। साहले ६ हजार ९९८...

तिरहुत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सप्तरी – सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजय कुमार यादवले ३ हजार ५ सय ५६ मत ल्याइ विजय भएका हुन् भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमन्त बहडखैर(मनोज) २ हजार ९ सय १८ मत ल्याए । नेकपा एमालेका  दिनेश भदेसवार यादवले २हजार ८ सय […]

जिराभवानीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

३ जेठ, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी निर्वाचित भएका हुन् । अनोजले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष रामप्रितले महतोलाई एक हजार २६१ मतले पराजित गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अनोजले चार हजार […]

धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सिन्धुपाल्चाेक – त्रिपुरासुन्दरी गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा चार हजार दुई सय २९ मतसहित विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ पाैडेलले ३ हजार दुई सय ६७ मत ल्याउनुभयाे ।  उपाध्यक्षमा कांग्रेसकी गीताकुमारी नेपाल चार हजार एक सय ५६ मतसहित विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी सविता श्रेष्ठले तीन हजार आठ सय ८९ मत ल्याउनुभयाे ।

बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए। उनका अनुसार पौडेलका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पट्टु थारुले ९ हजार २९२…

रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

धुन्चे – रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत प्राप्त गरे। त्यसैगरी, उपाध्यक्षमा […]

गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गाेरखा - गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । आरुघाटमा कांग्रेसका राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली विजयी हुनुभएको हो । गुरुङ ५ हजार ५ सय ५६ मत र नेपाली ६ हजार ३ सय ३१ मतकासाथ विजयी हुनुभएको हो। अध्यक्षमा विजयी गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण नेपालीले ४ हजार ८ सय ३३ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपाध्यक्षमा विजयी नेपालीको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता दाहालले ३ हजार ८ सय १६ मत प्राप्त गर्नुभएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।  गाउँपालिकाको अध्यक्षमा विजयी कांग्रेस उम्मेदवार भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २ सय ८९ र माओवादी केन्द्रका मिना विकले ९ सय ९५ मत पाउनु भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो ।  गाउँपालिकाको अध्यक्षमा निर्वाचित भण्डारी पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो । यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकुम...

सल्यानको त्रिवेणीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

२ जेठ, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका खिमबहादुर रावत ३३६९ मतका साथ विजयी भएका हुन् । उनले एकीकृत समाजवादीका डिल्लीबहादुर केसीलाई पराजित गर्दै विजयी भए । केसीले २०१७ मत पाए । त्रिवेणीमा एमाले भने तेस्रो भएको छ । एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्रसिंह खड्काले १७९६ मत ल्याए । उपाध्यक्षमा […]