तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशको समग्ररूपमा सर्वाङ्गीण विकासतर्फ अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।
व्यास नगरपालिका ४ को व्यास युवा क्लबद्वारा आज सोमवार आयोजित तेस्रो व्यास युवा कप २०७९ ९ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताउनुभयो । देशको समग्र विकास आवश्यक रहेको बताउँदै उहाँले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गर्नुभयो ।
तनहुँलाई नेपालभरको नमुना जिल्लाको रूपमा विकास गर्न आवश्यक रहेकाले अब...