गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्टको शक्ति जनतामा हुने बताएका छन् । नवलपरासीको गैँडाकोटमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेकपा प्रचण्ड–नेपाल समूहले गिराउन खोजेपछि जनतामाझ जान प्रधानमन्त्रीले संसद् विघटन गरेको स्पष्ट पारे ।
मुख्यमन्त्री गुरुङको कम्युनिष्टको शक्ति जनतामा हुने भन्दै अब जनतामाझ गएर पुनः सरकारको नेतृत्व गरिने बताए। “गोहीको शक्ति पानीमा, चिलको शक्ति आकाशमा अनि बाघको शक्ति जङ्गलमा भएजस्तै हामी कम्युनिष्टको शक्ति पनि जनताम...