सुरक्षा संवेदनशीलताका कारण उपत्यकाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी...
गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ।
भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता...
काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण दीपक बोहोरासँग पराजित भएका छन् । रुपन्देही ३ मा बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खाण एमालेका दीपक बोहोरासँग पराजित भएका हुन् । २६८१ मतले पछि पर्दै खाण पराजित भएका हुन् । बोहराले ३६,७१७ मत ल्याउन सफल भए भने खाणले केबल ३४,०३६ मत पाए ।
काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि परेका छन् । शुक्रबार बिहानको पछिल्लो परिणामअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री खाणलाई पछाडि पारेका हुन् । राप्रपाका बोहराले २५३५९ मतसहित अग्रता लिएका छन् । गृहमन्त्री खाणले २४९९३ मतसहित पच्छाइरहेका छन् । रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था र निर्वाचन सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको बताइएको छ । सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ । सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजना तयार गरिरहेको छन् ।
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । गृहमन्त्री खाण र राजदूत यान्छीबीच शुक्रबार बिहान गृहमन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन् । ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्र विरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’
काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाण र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
भेटमा सरकारले ल्याउन लागेको नागरिकता ऐन संशोधन विधेयकका विषयमा छलफल भएको बुझिएको छ । यसअघिको संसदमा पेस भएको नागरिकता विधेयक फिर्ता लिएको सरकारले नयाँ विधेयक ल्याउँदैछ ।
नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गराउन गृहमन्त्री खाण र कानुनमन्त्री गोविन्द शर्मा कोइराला दौडधुपमा छन् ।
सरकारले प्रतिनिधि सभाको यही अधिवेशनमा यो विधेयक पारित गराउने तयारी गरेको छ । आउँदाे मंसिरमा प्रतिनिधि सभा र...
प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भेट गरेका छन् । अध्यक्ष ओलीको निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्री खाणले बताए ।‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप म र कानुन मन्त्री प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट
काठमाडौं, २९ फागुन : गृहमन्त्री बालकृष्ण खाण र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नकपाका प्रवक्तासँग आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको वार्तामा उठेका विषयबस्तुको कार्यान्वयन पक्षबारे दुई नेताबीच भेटवार्ता भएको हो । छलफल सकारात्मक […]
गृहमन्त्री बालकृष्ण खाण सोमवार गृहजिल्ला रुपन्देही आउँदै छन् । गृहमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला रुपन्देही आउन लागेका हुन् ।
खाण स्व. कांग्रेस नेता प्रेम खरेलको शोक सभामा सहभागी हुन तिलोत्तमा आउन लागेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए । उनी १० बजे भैरहवा विमानस्थलमा झर्नेछन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं प्रभावशाली नेता खाण बधाई तथा सम्मान कार्यक्रमसमेत राखिएको छ । उनको सम्मानमा पार्टी कार्यालय भैरहवामा बिहान १० बजे सम्मान तथा भेटघाट कार्यक्रम राखिएको रज्जाकले बताए ।
१८ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकारसँग भएको ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेता/कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताएका […]