काठमाडौं । नेपालमा पछिल्लो समय आम ग्राहकमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण बढ्दै गएको छ । ग्राहकहरू ईभीप्रति आकर्षित भएको देखिएपछि व्यवसायीले विभिन्न अन्तरराष्ट्रिय ब्रान्डका विद्युतीय सवारीसाधन भित्र्याइरहेका छ । केही समय अगाडिसम्म ईभी खरीदकर्तालाई चार्जिङ स्टेशन टाउको दुखाइको विषय थियो । अहिले त्यो समस्या क्रमश: समाधान हुँदै गएको छ ।
नेपाल विद्युत् प्राधिकरण र विभिन्न मोटर कम्पनीहरूले धमाधम चार्जिङ स्टेशन बनाएर सञ्चालन गरेपछि ईभी प्रयोगकर्तालाई सहज भएको छ । नेपाल विद्युत् प्राधिकरणले झापा, सुनसरी, मोरङ, उदयपुर, सप्तरी, सर्लाही, मकवानपुर, चितवन र काठमाडौंमा चार्जिङ स्टेशन राखेको छ । त्यस्तै ललितपुर, बनेपा, धादिङ, भक्तपुर, रूपन्देही, सुर्खेत, कास्की, कैलाली, महोत्तरी, पर्वत, दाङ, बाँके र सिन्धुलीमा पनि प्राधिकरणले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । हालसम्ममा प्राधिकरणको चार्जिङ स्टेशन संख्या ३२ पुगेको छ ।
निजीक्षेत्रले पनि ईभी चार्जिङ स्टेशन निर्माणको कामलाई तीव्रता दिएको छ । हुन्डाई मोर्टसले ललितपुर, काठमाडौं, भक्तपुर, चितवनको भरतपुर, सौराहा र कुरिनटार, सिन्धुलीको मूलकोट, वीरगञ्ज र हेटौंडामा चार्जिङ स्टेशन राखेको छ । हुन्डाईले बिर्तामोड, दमक, विराटनगर, इटहरी, पोखरा, भैरहवा, बुटवल, भालुबाङ, दाङ, नेपालगञ्ज, चिसापानी र धनगढीमा गरी ४३ ओटा चार्जिङ स्टेशन बनाएको छ । टाटा मोटर्सले काठमाडौं उपत्यका, धादिङ, चितवन, हेटौंडा, सिमरा, ढल्केबर, लहान, इटहरी, बिर्तामोड, मूलकोट, पोखरा, भैरहवा, भालुवाङ, नेपालगञ्ज, धनगढीलगायत १६ ठाउँमा डिसी (छिटो चार्ज हुने) चार्जिङ स्टेशन खोलेको छ ।
टाटाले ५५ ठाउँमा एसी (ढिलो चार्ज हुने) चार्जिङ स्टेशन खोलेको छ । टाटाका एसी चार्जिङ स्टेशन बिर्तामोड, विराटनगर, धरान, ढल्केवर, जनकपुर, सिमरा, वीरगञ्ज, हेटौंडा, नारायणगढ, कावासोती, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, पोखरा, धार्केलगायत ठाउँमा छन् ।
यसबाहेक बीवाईडी, एमजी, दिगोलगायत ब्रान्डका विद्युतीय सवारीसाधन विक्रेता कम्पनीले पनि चार्जिङ स्टेशन बनाइरहेका छन् । तर, नेपालमा हालसम्म कतिओटा ईभी चार्जिङ स्टेशन छन् भन्ने आधिकारिक तथ्यांक उपलब्ध छैन । नेपाल विद्युत् प्राधिकरणले आफूले बनाएका चार्जिङ स्टेशनको तथ्यांक राखे पनि निजीक्षेत्रले कति चार्जिङ स्टेशन बनाएको छ र अहिले देशभर चार्जिङ स्टेशनको संख्या कति छ भन्ने तथ्यांक राखेको छैन । आर्थिक अभियानले नेपाल विद्युत् प्राधिकरणसँग यो विषयमा चासो राख्दा प्राधिकरणका अधिकारीहरूले देशभरको एकीकृत तथ्यांक संकलन नगरेको बताए ।
चार्जिङ स्टेशन राख्ने अनुमति सम्बद्ध वितरण केन्द्रले दिने गरेको र कति कम्पनीले कुन कुन ठाउँमा चार्जिङ स्टेशन राखे भन्ने कुराको तथ्यांक वितरण केन्द्रसँग हुन सक्ने प्राधिकरणको भनाइ छ । कतिपयले हाई भोल्टेज विद्युत् लाइन पहिले नै लिइसकेको अवस्थामा छुट्टै मीटर नलगीकनै चार्जिङ सुविधा दिइरहेको प्राधिकरणका अधिकारीहरूले बताए ।
अटोमोबाइल व्यवसायीका हकहितको संरक्षण एवं प्रवर्द्धनका लागि स्थापित नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालसँग पनि निजीक्षेत्रले देशभरमा कतिओटा चार्जिङ स्टेशन बनाएर सञ्चालन गरिरहेको छ भन्ने कुराको जानकारी छैन । नाडा सचिवालयमा यस विषयमा बुझ्दा चार्जिङ स्टेशनको तथ्यांक राख्ने परिपाटी नरहेको जवाफ दिइयो ।
मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले दक्ष कामदारको वास्तविक जानकारीका लागि तथ्यांक संकलन सुरु गरेको छ। विराटनगरमा शुक्रबार आयोजित इम्प्लोयर्स मिटका क्रममा महासंघका प्रदेश कार्यसमिति सदस्य सुभाष आचार्यले दक्ष कामदारको अभाव झेल्दै आएको उद्योग प्रतिष्ठानको सहजता र कामदारको भविष्यका लागि तथ्यांक संकलन सुरु गरिएको बताए। श्रमशक्तिको विकासमा आवश्यक पर्ने विभिन्न तालिमसमेत महासंघले […]
पुस २८, धनकुटा । धनकुटाको धनकुटा नगरपालिका, सहिदभुमि गाउँपालिका, पाख्रिवास नगरपालिका र चौविसे गाउँपालिका अहिले सुन्तलाले पहेंलै भएको छ ।
बोटरभरी लटरम्म सुन्तला फलेका छन् । व्यापारी गाडी लिएर बगानमै पुग्ने भएकाले किसानलाई सुन्तला टिपेर विक्री गर्न भ्याइनभ्याइ छ । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।
धनकुटा नगरपालिका ३ सिप्तिङ्गको कृषक जलन राईका अनुसार गाउँमा एक जना किसानले वार्षिक कम्तिमा एक लाखदेखि २५ लाख रुपैयाँसम्मको सुन्तला विक्री गर्छन् ।
यहाँ उत्पादन भएको सुन्तला सुनसरी, मोरङ, झापा सहित काठमाडौंसम्म पुग्ने गरेको छ । धेरै व्यापारी र ग्राहकको रोजाइमा सहिदभुमिको सुन्तला पर्ने गरेको छ ।
धनकुटा नगरपालिका ३ का कृषक राई पनि आफ्नो बारीमा उत्पादन भएको सुन्तला विक्री गर्ने तरखरमा छन् । २२ वर्षिय राई केहि वर्ष यता आमाबुवाले गर्दै आएको सुन्तला खेती स्याहार्दै आएका छन् ।
करीब २५ रोपनी क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट उनको परिवारले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गदै आएको छ । आम्दानी र उत्पादन राम्रो भएकै कारण उनका साथीहरु विदेशिने क्रम बढीरहँदा पनि उनी भने सुन्तला खेतीमै रमाइरहेका छन । कृषि पेशा अन्तर्गतका अन्य खेतीभन्दा सुन्तला खेती गर्न सहज हुने उनको भनाइ छ ।
धनकुटा नगरपालिका ३ मा रहेका ५०५ घर परिवारमध्ये करीब ७५ प्रतिशत घर परिवार सुन्तला खेतीमा आबद्ध छन् । उनीहरुमध्ये धेरैको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।
मंसिर १५ देखि माघ अन्तिमसम्म यो गाउँका किसान सुन्तला टिपेर विक्री गर्न व्यस्त हुन्छन । बोटबाट सुन्तला टिपेर खुल्ला ठाउँमा ल्याउने, ठूला–साना (ग्रेडिङ) छुट्याएर क्रेटमा राखिन्छ र क्रेटमा राखेको सुन्तला जोख्दै व्यापारीलाई दिइन्छ ।
रोगकिरा र बिचौलियाको समस्या
सुन्तला टिपेर विक्री गर्नमा व्यस्त रहेका किसानलाई बजार, बिचौलिया, रोगकिरा वर्षेनी समस्यामा पर्ने गरेका छन् । कहिले उपयुक्त मूल्य नपाउनु, कहिले बजार नपाउन त कहिले रोगकीराले बगान नै सखाप बनाइ दिँदा कृषक समस्यामा पर्ने गरेका हुन् ।
रोग किराको समस्या समाधानको लागि सम्बन्धित निकायले चासो नै नदिने गरेको धनकुटा नगरपालिका ३ का कृषक रेशकुमार राईले गुनासो गरे । सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो ९० रुपैयाँदेखि १२० रुपैयाँसम्म छ ।
कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक अनुसार जिल्लामा करीब ६०० हेक्टर क्षेत्रफलवाट वार्षिक ५ हजार मेक्ट्रिकटनभन्दा बढि सुन्तला उत्पादन हुने गरेको छ । तर, धनकुटामा सुन्तलाको उत्पादन भने वर्षेनि घट्दै छ ।
बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । ‘५/६ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेंलो हुने, भित्रभित्रै कीरा पर्ने र बोट सुक्ने समस्या छ । यसको उपचार गर्नै सकिएन,’ सहिदभुमि गाउँपालिका–५ का किसान अनन्तर राईले भने । प्राविधिकले समेत समस्या पहिचान गर्न नसकेको उनले बताए ।
गत वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका राईले आफ्नो बगैँचामा यसवर्ष १० हजार पनि आम्दानी नहुने बताए । जरामा रातो कमिला लागेपछि बोट नै मर्ने गरेको उनको भनाइ छ सुन्तलाको बगान नै मासिन लागेपछि राईले नयाँ बगान नलगाउने बताए ।
सुन्तलाकै नामले परिचित सहिदभुमिको खोकुमा सुन्तला बगान मासिन थालेको छ । बर्सेनि एक करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी हुने खोकुमा यो वर्ष सुन्तलाको बोटै नरहने अवस्था आएको किसानहरु बताउँछन् । बोट नै सुक्ने रोगले किसानलाई चिन्तित बनाएको छ ।
कृषि ज्ञान केन्द्र धनकुटाले यो वर्षको सुन्तलाको उत्पादन सम्बन्धी तथ्यांक संकलन भइनसकेको जानकारी दिएको छ । केन्द्रकी प्रमुख पूर्णमाया गुरुङले फल झर्ने, बोट सुक्नेजस्ता रोगले सुन्तलाको उत्पादन बर्सेनि घट्दै गएको बताइन् ।
विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योगमा बेमौसमी वर्षाका कारण पसेको बाढीले करोडौंको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । उद्योग संगठन मोरङले बाढीको क्षतिबारे तथ्यांक संकलन शुरू गरेको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योगमा बाढी पसेर क्षति पुगेको तर कति क्षति भयो भन्ने यकिन नभएको बताए । उनले भने, ‘हामीले उद्योगीहरूसँग तथ्यांक संकलन गरिरहेका छौं, तथ्यांकसहित २/३ दिनमा क्षतिको विवरण सार्वजनिक गर्नेछौं ।’
उद्योगभित्र छिरेको पानी कसरी बाहिर निकाल्ने, पानीमा डुबेका कच्चा पदार्थ र तयारी वस्तु कसरी जोगाउने भन्ने ध्याउन्नमा उद्योगीहरू रहेकाले तत्कालै तथ्यांक आउन नसकेको प्याकुरेलले बताए । उनका अनुसार सुनसरी मोरङ औद्योगिक कोरिडोरका करीब ८० प्रतिशत उद्योगमा पानी पसेको छ । धेरै उद्योगी अहिले कारखानाभित्र र बाहिरको पानी निकाल्नमै व्यस्त छन् ।
मोरङ व्यापार संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीले बूढीगंगा, दुहबी, सोनापुर, इटहरी र मोरङको कटहरी क्षेत्रका अधिकांश उद्योगमा बाढीको पानी पसेर तहसनहस पारेको बताए । उनले अधिकांश उद्योगहरूले पानीको कारण उत्पादन बन्द गरेर उत्पादित वस्तु र कच्चा पदार्थको व्यवस्थापन थालेको जानकारी दिए । रेग्मीले उद्योगका मेशिन, मोटर, औजार, कच्चा माल, प्याकेजिङ सामग्री, गोदामका तयारी माल, ढुवानीका साधनलगायत धेरैतिर नोक्सानी भएको जानकारी दिए ।
नेपाल उद्योग परिसंघका प्रदेश १ उपाध्यक्ष तथा क्वालिटी बिस्कुटका सञ्चालक नबलकिशोर काबराले आफ्नो उद्योगमा ५ करोडभन्दा बढीको क्षति हुनसक्ने अनुमान गरे । बिहीवार उद्योग परिसरमा ६ ओटा पम्प लगाएर पानी फालिरहेको उल्लेख गर्दै उनले पानीले बिस्कुटमा बढी क्षति पुर्याउने भएकाले क्षतिको विवरण संकलन गर्न १ साता लाग्ने बताए ।
नेपाल उद्योग परिसंघका महानिर्देशक विजयहरि शर्माले उद्योगहरूमा बाढीको कारण करोडौंको क्षति पुगेको उल्लेख गर्दै बीमाको रकम तत्काल उपलब्ध गराउन सम्बद्ध निकायको ध्यानाकर्षणसमेत गराएका छन् । उद्योगहरूमा मेशिनरी, तयारी वस्तु र कच्चा पदार्थको समेत क्षति भएकाले उद्योगहरूले सञ्चालन हुँदासम्म निकै क्षति बेहोर्नुपर्ने अवस्था रहेकाले बीमा रकमको भुक्तानीमा ढिलाइ नहोस् भनेर बीमा समितिका अध्यक्षको ध्यानाकर्षण गराएका छन् ।
विराटनगर । विनासूचना दैनिक चार पटकभन्दा बढी लाइन जाँदा सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ७ करोडको क्षति भइरहेको भन्दै उद्योगीहरूले गुणस्तरीय विद्युत् दिन आग्रह गरेका छन् । उनीहरूले पूर्वको विद्युत्को अवस्था बुझ्न आएका नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई विराटनगरमा विद्युत्को गुणस्तर वृद्धिका लागि लिखित सुझाव दिएका छन् ।
मोरङ व्यापार संघले आठबुँदे सुझाव घिसिङलाई बुझाउँदै नियमित एवं गुणस्तरीय विद्युत् प्रवाह हुने व्यवस्था मिलाउन आग्रह गरेको हो । संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रबन्ध प्रमुख कार्यकारी निर्देशक घिसिङ र प्राधिकरण प्रदेश १ कार्यालयका निर्देशकलाई सुझावपत्र बुझाएका हुन् ।
मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रहरूमा ३३ केभीए लाइन जडान रहे तापनि विद्युत् आपूर्तिमा ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित आपूर्तिको समस्याले उद्योग सञ्चालन गर्न कठिनाइ भएको, उत्पादन कटौती गर्न बाध्य भएको, उपकरण र कच्चापदार्थ नोक्सान हुने गरेको अध्यक्ष मुन्दडाले प्रस्तुत गरेका सुझावपत्रमा उल्लेख छ । सोहीकारण करोडौंको नोक्सानी भइरहेको भन्दै गुणस्तर सुधारमा यथाशीघ्र ध्यान दिन आग्रह गरिएको छ ।
यसैगरी विद्युत् महशुल दर महँगो भएकाले घटाउनुपर्ने माग उद्योगीहरूको छ । त्यसले स्वदेशी उद्योगको संवद्र्धनमा बल पुग्ने सुझाव संघले राखेको छ । सोलारबाट उत्पादित विद्युत्लाई पनि खपतमा ल्याएर सहुलियत दिनुपर्ने, विद्युत्को प्रसारणमा हुने नोक्सानी कम गर्न प्राविधिक सुधार गर्नेतर्फ तत्काल कदम चाल्न पनि संघले आग्रह गरेको छ ।
स्वदेशी उत्पादनको खपतलाई प्रोत्साहन गर्न मोरङ व्यापार संघले चलाएको ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई व्यवहारमा लागू गरी प्रवद्र्धन गर्न पनि आग्रह गरिएको छ । साथै संघले, ठेक्का प्रक्रिया सहज र सरल बनाउनुपर्ने, प्राधिकरणले उपभोक्ताको मिटरबाट नियमित तथ्यांक संकलन गरे पनि छूटको नाममा एकमुष्ट असुल गर्ने परिपाटी बन्द गर्नुपर्ने र मिटर रिडिङमा कर्मचारीको लापरबाही तथा त्रुटिको मार उपभोक्तालाई पर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
विराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक कोरिडोर र मोरङको औद्योगिक तथ्यांक संकलनको कार्य आइतवारदेखि शुरू गरेको छ । तथ्य र तथ्यांकमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सुनसरी–मोरङ औद्योगिक कोरिडोर र मोरङको औद्योगिक सर्वेक्षण–२०७८ शुरू गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । एकपटक यस्तो डेटाबेस तयार भएपछि नियमित रूपमा अद्यावधिक गरिने योजना रहेको जानकारी उनले दिए ।
संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरूको सबै र बाँकी अन्य उद्योगको समेत तथ्यांक संकलन गरिने संगठनका महानिर्देशक चूडामणि भट्टराईले बताए । उनका अनुसार उद्योगका विविध आयाम समेटिएका करीब १०० ओटा प्रश्न लिएर पाँचजना गणक तथ्यांक संकलनका लागि सबै उद्योग प्रतिष्ठान पुग्नेछन् । संगठनले तथ्यांकको गुणस्तरीयतालाई ध्यानमा राख्दै गणकहरूका लागि २ दिनको तालीम समेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरूले मोबाइल एपबाट तथ्यांक संकलन गर्नेछन् । यसरी संकलन गरिएको तथ्यांकको गुणस्तरीयता अनलाइनबाटै मोनिटर गर्न सकिनेछ ।
प्mयाक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्यांक संकलनको काम असोज महीनाभित्र सक्ने र मङ्सिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने बताइएको छ । संगठनले तथ्यांक संकलनका लागि खटिआउने संगठनका प्रतिनिधिहरूलाई आफ्नो उद्योग व्यवसायसँग सम्बन्धित यथार्थपरक सूचना एवं तथ्यांक उपलब्ध गराई संगठनको औद्योगिक तथ्यांक र डेटाबेस तयार गर्ने अभियानमा सघाउन संगठनका सदस्य उद्योग प्रतिष्ठान एवं सरोकारवालालाई अपिल गरेको छ ।
मोरङ – उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलन सुरु गरेको छ। संगठनका अध्यक्ष सुयश प्याकुरेलले सो क्षेत्रमा औद्योगिक तथ्यांकको विस्तृत जानकारीका लागि आइतबारबाट कार्य सुरु गरिएको बताएका छन्। उनले एकपटक तथ्यांकसहित तयार भएपछि नियमित अद्यावधिक गरिने योजना रहेको जानकारी दिए। अध्यक्ष प्याकुरेलका अनुसार दुवै क्षेत्रका उद्योगको तथ्यांक गणकले […]
विराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलनको कार्य सुरु गरेको छ ।
संगठनका अनुसार आइतबारबाट तथ्यांक संकलनको कार्य सुरु गरिएको हो । तथ्य र तथ्यांकमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरूको औद्योगिक तथ्यांक संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्य...
उद्योग संगठन मोरङले उद्योगहरुले लगानी र अवस्थाबारे आफैंले पहिलो पटक तथ्यांङक संकलन थालेको छ। १० असोजदेखी संगठनले सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलन गर्न सुरु गरेको हो।
वास्तविक...
विराटनगर (अस) । वैशाखको अन्त्य र जेठको पहिलो साता प्रदेश १ मा दैनिक १२ सयमा कोरोना पोजेटिभ देखिए पनि निषेधाज्ञाको सकारात्मक प्रभावका कारण अहिले कोरोनाको संक्रमण दर घटेर दैनिक ३०० हाराहारीमा झरेको छ । त्यस्तै प्रदेश १४ जिल्लामध्ये ७ जिल्लामा नयाँ संक्रमणको दर शून्यमा झरेको छ ।
कोरोनाको संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा विस्तारै खुकुल्याउँदै लगिएको छ । प्रदेश १ मा दैनिक कोरोना संक्रमितको संख्या ३ सयभन्दा कममा झरेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आइतवार प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति’को सचिवालय संयोजक डा. रवीन्द्र निरौलाले पछिल्लो १० दिनदेखि संक्रमणको दर दैनिक घटेको र निको हुनेको संख्या बढेको बताए ।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा पहाडी तथा हिमाली जिल्लामा दैनिक संक्रमित हुनेको संख्या शून्यमा झरेको छ । संखुवासभा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु र खोटाङ जिल्लामा दैनिक संक्रमणको दर शून्यको अवस्थामा पुगेको हो । शनिवार र आइतवार ती जिल्लामा संक्रमणको दर शून्य रहेको मन्त्रालयले बताएको छ ।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले दुई सातायता कोरोना संक्रमितको संख्या तुलनात्मक रूपमा घटेको बताए । ‘तर, जोखिम घटिसकेको छैन,’ उनले भने ।
पहाडी जिल्लामा संक्रमणको दर शून्य र केहीमा अति न्यून रहे पनि सघन जनसंख्या रहेको तराईका मुख्यतः झापा, मोरङ र सुनसरीमा भने अझै पनि संक्रमणको दरमा उल्लेख्य कमी आउन नसकेको मन्त्रालयले बताएको छ । दैनिक संक्रमणको दर ओरालो लागेसँगै अस्पतालको सघन उपचार कक्षमा बिरामीको चाप पनि घटेको छ ।