सुन्तला विक्री गर्न व्यस्त धनकुटाका कृषक, वार्षिक २५ लाखसम्मको कारोबार

पुस २८, धनकुटा । धनकुटाको धनकुटा नगरपालिका, सहिदभुमि गाउँपालिका, पाख्रिवास नगरपालिका र चौविसे गाउँपालिका अहिले सुन्तलाले पहेंलै भएको छ ।  बोटरभरी लटरम्म सुन्तला फलेका छन् । व्यापारी गाडी लिएर बगानमै पुग्ने भएकाले किसानलाई सुन्तला टिपेर विक्री गर्न भ्याइनभ्याइ छ ।  यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।  धनकुटा नगरपालिका ३ सिप्तिङ्गको कृषक जलन राईका अनुसार गाउँमा एक जना किसानले वार्षिक कम्तिमा एक लाखदेखि २५ लाख रुपैयाँसम्मको सुन्तला विक्री गर्छन् ।  यहाँ उत्पादन भएको सुन्तला सुनसरी, मोरङ, झापा सहित काठमाडौंसम्म पुग्ने गरेको छ । धेरै व्यापारी र ग्राहकको रोजाइमा सहिदभुमिको सुन्तला पर्ने गरेको छ ।  धनकुटा नगरपालिका ३ का कृषक राई पनि आफ्नो बारीमा उत्पादन भएको सुन्तला विक्री गर्ने तरखरमा छन् । २२ वर्षिय राई केहि वर्ष यता आमाबुवाले गर्दै आएको सुन्तला खेती स्याहार्दै आएका छन् ।  करीब २५ रोपनी क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट उनको परिवारले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गदै आएको छ । आम्दानी र उत्पादन राम्रो भएकै कारण उनका साथीहरु विदेशिने क्रम बढीरहँदा पनि उनी भने सुन्तला खेतीमै रमाइरहेका छन । कृषि पेशा अन्तर्गतका अन्य खेतीभन्दा सुन्तला खेती गर्न सहज हुने उनको भनाइ छ । धनकुटा नगरपालिका ३ मा रहेका ५०५ घर परिवारमध्ये करीब ७५ प्रतिशत घर परिवार सुन्तला खेतीमा आबद्ध छन् । उनीहरुमध्ये धेरैको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।  मंसिर १५ देखि माघ अन्तिमसम्म यो गाउँका किसान सुन्तला टिपेर विक्री गर्न व्यस्त हुन्छन । बोटबाट सुन्तला टिपेर खुल्ला ठाउँमा ल्याउने, ठूला–साना (ग्रेडिङ) छुट्याएर क्रेटमा राखिन्छ र क्रेटमा राखेको सुन्तला जोख्दै व्यापारीलाई दिइन्छ । रोगकिरा र बिचौलियाको समस्या सुन्तला टिपेर विक्री गर्नमा व्यस्त रहेका किसानलाई बजार, बिचौलिया, रोगकिरा वर्षेनी समस्यामा पर्ने गरेका छन् । कहिले उपयुक्त मूल्य नपाउनु, कहिले बजार नपाउन त कहिले रोगकीराले बगान नै सखाप बनाइ दिँदा कृषक समस्यामा पर्ने गरेका हुन् ।  रोग किराको समस्या समाधानको लागि सम्बन्धित निकायले चासो नै नदिने गरेको धनकुटा नगरपालिका ३ का कृषक रेशकुमार राईले गुनासो गरे । सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो ९० रुपैयाँदेखि १२० रुपैयाँसम्म छ ।  कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक अनुसार जिल्लामा करीब ६०० हेक्टर क्षेत्रफलवाट वार्षिक ५ हजार मेक्ट्रिकटनभन्दा बढि सुन्तला उत्पादन हुने गरेको छ । तर, धनकुटामा सुन्तलाको उत्पादन भने वर्षेनि घट्दै छ । बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । ‘५/६ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेंलो हुने, भित्रभित्रै कीरा पर्ने र बोट सुक्ने समस्या छ । यसको उपचार गर्नै सकिएन,’ सहिदभुमि गाउँपालिका–५ का किसान अनन्तर राईले भने । प्राविधिकले समेत समस्या पहिचान गर्न नसकेको उनले बताए ।  गत वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका राईले आफ्नो बगैँचामा यसवर्ष १० हजार पनि आम्दानी नहुने बताए । जरामा रातो कमिला लागेपछि बोट नै मर्ने गरेको उनको भनाइ छ सुन्तलाको बगान नै मासिन लागेपछि राईले नयाँ बगान नलगाउने बताए ।  सुन्तलाकै नामले परिचित सहिदभुमिको खोकुमा सुन्तला बगान मासिन थालेको छ । बर्सेनि एक करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी हुने खोकुमा यो वर्ष सुन्तलाको बोटै नरहने अवस्था आएको किसानहरु बताउँछन् । बोट नै सुक्ने रोगले किसानलाई चिन्तित बनाएको छ ।  कृषि ज्ञान केन्द्र धनकुटाले यो वर्षको सुन्तलाको उत्पादन सम्बन्धी तथ्यांक संकलन भइनसकेको जानकारी दिएको छ । केन्द्रकी प्रमुख पूर्णमाया गुरुङले फल झर्ने, बोट सुक्नेजस्ता रोगले सुन्तलाको उत्पादन बर्सेनि घट्दै गएको बताइन् । 

सम्बन्धित सामग्री

जो पनि लुटमै व्यस्त छ : प्रभु साह

काठमाडौं : प्रतिनिधिसभाका सांसद प्रभु साहले जो पनि लुटमै व्यस्त रहेका टिप्पणी गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थतन्त्रको अवस्था जर्जर रहेको भन्दै सबै लुटमा व्यस्त देखिएको बताए। सांसद साहले बैंक तथा वित्तीय संस्थाले पनि जनतालाई लुटिरहेको आरोप लगाए। ‘जो पनि लुटमै व्यस्त छ। बैंकले मनोमानी ब्याज बढाएर, अनावश्यक शुल्क वृद्धि गराएको छ। लघुवित्तको हेर्‍यो १० करोडबाट सुरु भएका लघुवित्तहरू पाँच वर्षमै पाँच खर्बमा पुगेका हुन्छन्’, उनले भने । &

पशुपतिमा भिडिओ–कलमा व्यस्त बाबा

काठमाडौं, ३ पुष । पशुपतिनाथ मन्दिरमा एक जना जोगी (बाबा) भिडिओ कलमा व्यस्त देखिएका छन् । उनी पशुपति परिसरमा रहेको एक भवनको झ्यालमा घाम ताप्दै भिडिओ कलमा व्यस्त देखिएका छन् । तस्विर : इश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम

जौ बाली भित्र्याउन व्यस्त जुम्लाका किसान

जुम्लाका किसान हिउँदे बाली जौ भित्र्याउनमा व्यस्त छन्। जौ काटेर कालीमार्सी धान राेप्न सुरु गर्नुपर्ने हुनाले किसानहरु यतिबेला व्यस्त छन्।...

रसुवाका उम्मेदवार घरदैलामा व्यस्त

रसुवा, २७ कात्तिक । विगतका निर्वाचनका समयमा आमसभामार्फत मत माग्ने उम्मेदवार तथा नेता पछिल्लो समय घरदैलोमार्फत आ–आफ्ना पक्षमा मत माग्न व्यस्त छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहित गठबन्धन एवं नेकपा (एमाले), केही स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रमलाई व्यस्त बनाएका छन् । यहाँ प्रतिनिधिसभा सदस्यका लागि सात राजनीतिक दलले उम्मेदवारी दिएका छन् । जिल्लामा […]

फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त

वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन्। आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्।...

दलहरु उम्मेदवार सिफारिसमा व्यस्त

आउँदो मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्।...

धान गोड्नमा व्यस्त खोकना

ललितपुरको खोकनाका किसान अहिले धान गोड्न मै व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका किसानहरू अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् । घामलाई बादलको घुम्टोले छोपेपछि गोडमेल गर्न थाल्ने यहाँका किसानहरूको दिनचर्या भइसकेको छ । धानका हरिया बोट अहिले खेतका गरामा हावाको वाहवसँगै सर्सराउँदा निकै मनमोहक पनि देखिन्छ । हेरौँ तस्बिरहरू :

मत माग्दै घरदैलोमा व्यस्त उम्मेदवार

काठमाडौं, वैशाख १९ । देशभरका उम्मेदवार मत माग्दै घरदैलोमा व्यस्त हुन थालेका छन् । सबै दलले केन्द्रले तय गरेको घोषणापत्रको आधारमा प्रतिबद्धतापत्र लिएर घरदैलोमा व्यस्त देखिएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आफ्नो उम्मेदवारलाई विजयी गराउन घरदैलोमा व्यस्त देखिएका छन् । पाँच वर्षमा […]

पाला बनाउन कुमाले व्यस्त

तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरु व्यस्त भएका छन् । .दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाँडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन । उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन् । अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाख […]

दसैंमा पनि खेतबारीमै व्यस्त छन् हुम्लाका महिला

सिमकोट- देशभर यतिबेला दसैंको रमझम छ। तर वर्षको  एक पटक आउने चाडका बेला पनि हुम्लाका महिलाहरु भने खेतबारीमै व्यस्त छन्। उनीहरुलाई पाकेको बाली भित्र्याउने चटारो छ। हुम्लामा कार्तिकको पहिलो हप्तासम्म किसानहरु बारीमै व्यस्त हुन्छन्। कामको चटारोमा चाडको प्रवाह नहुने किसान सुनमती हमालले बताइन्। पाकेको बाली पशुवस्तुले नोक्सान नगरोस् भनेर आफू बाली थन्क्याउनमै व्यस्त रहेको उनको […]