सिद्धार्थनगरका मेयर आचारसंहिता मिचेर गृहमन्त्रीको चुनाव प्रचारमा

८ कात्तिक, बुटवल । सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खानले निर्वाचन आचार संहिता उल्लंघन गरेर गृहमन्त्री बालकृष्ण खाणको पक्षमा भोट माग्दै हिंडेका छन् । निर्वाचन आचार संहिता २०७९ को दफा ५ मा स्थानीय सरकारका प्रमुखले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ । तर मेयर खान सोमबार […]

सम्बन्धित सामग्री

चुनावी प्रचारप्रसारको लागि मेयर विष्टको राजीनामा

हेटौंडा– मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार दिउँसो नगरपालिका उपप्रमुख खड्ग बहादुर गोपाली समक्ष राजीनामा दिएका हुन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारको लागि राजीनामा दिएको उनले बताए । निर्वाचन आचारसंहिता अनुसार बहालवाला मेयरले चुनाव प्रचारप्रसारमा जान नमिल्ने भएपछि राजीनामा […]

माओवादीबाट निर्वाचित थाहा नगरका मेयर विष्टले दिए राजीनामा

नेकपा माओवादी केन्द्रबाट थाहा नगरपालिकाका मेयरमा निर्वाचित लभशेर विष्टले राजीनामा दिएका छन्। बिहीबार विष्टले आफ्नो व्यक्तिगत कारण भन्दै राजीनामा दिएको थाहा नगरका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए । उम्मेदवारी नदिएका विष्टले आफ्नो पार्टीका उम्मेदवार जिताउन राजीनामा दिएर चुनाव प्रचारमा खटिने बताएको छ । चुनावी आचारसंहिता लाग्ने भएकाले मेयरबाट राजीनामा दिएर जिम्मेवारीबाट मुक्त भएका हुन् । यसअघि निर्वाचनमा मेयरमा माओवादीबाट विष्ट र उपमेयरमा काँग्रेसका खड्गबहादुर गोपाली निर्वाचित भएका थिए । यस

आचारसंहिताविपरीत मत माग्दै रतुवामाईका मेयर राई

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोतसाधन र सम्पत्तिको दुरुपयोग गरी निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारमा लागेका छन् । उनले नगरपालिकाकाे स्रोतसाधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँडेका हुन् । उनी यतिबेला नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँड्नेमात्र […]

आचारसंहिता विपरीत एमालेकाे चुनाव प्रचार गर्दै हेटाैंडाका मेयर

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गरेका छन् । नेकपा एमालेबाट निर्वाचित भएका उनी एमालेको चुनावी अभियानमा लागेका हुन् । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था गरेको छ । बहालवाला मेयर नै आचारसंहिता विपरीत पार्टीको चुनावी […] The post आचारसंहिता विपरीत एमालेकाे चुनाव प्रचार गर्दै हेटाैंडाका मेयर appeared first on राजधानी राष्ट्रिय दैनिक.