माओवादीबाट निर्वाचित थाहा नगरका मेयर विष्टले दिए राजीनामा

नेकपा माओवादी केन्द्रबाट थाहा नगरपालिकाका मेयरमा निर्वाचित लभशेर विष्टले राजीनामा दिएका छन्। बिहीबार विष्टले आफ्नो व्यक्तिगत कारण भन्दै राजीनामा दिएको थाहा नगरका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए । उम्मेदवारी नदिएका विष्टले आफ्नो पार्टीका उम्मेदवार जिताउन राजीनामा दिएर चुनाव प्रचारमा खटिने बताएको छ । चुनावी आचारसंहिता लाग्ने भएकाले मेयरबाट राजीनामा दिएर जिम्मेवारीबाट मुक्त भएका हुन् । यसअघि निर्वाचनमा मेयरमा माओवादीबाट विष्ट र उपमेयरमा काँग्रेसका खड्गबहादुर गोपाली निर्वाचित भएका थिए । यस