पहिलोपटक ५० वर्षे ऋणपत्र जारी गर्दै भारत

नयाँ दिल्ली (भारत) । भारत सरकारले पहिलोपटक ५० वर्षे ऋणपत्र विक्री गर्ने भएको छ । भारत सरकारले यसअघि भने ४० वर्षे ऋणपत्र जारी गर्दै आएको थियो ।   सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रू ३०० अर्बभन्दा बढीको ऋणपत्र जारी गर्न लागेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सरकारले अक्टोबरदेखि फेब्रुअरीसम्ममा रु ३०० अर्ब (३.६ अर्ब डलर) को ५० वर्षे ऋणपत्रको विक्री गर्ने भएको हो । उक्त ऋणपत्र कुल ऋणको झण्डै ५ प्रतिशत हो ।  सरकारी ऋणपत्र लगानीका लागि उत्कृष्ट विकल्प मानिन्छ । ऋणपत्रमा लगानीकर्ताले संस्था (सामान्यतया कर्पोरेट वा सरकार)लाई परिवर्तनशील वा निश्चित ब्याजदरमा निश्चित अवधिको लागि ऋण दिन्छन् । ऋणपत्रले सुरक्षा मात्र प्रदान गर्दैन, राम्रो प्रतिफलको ग्यारेन्टी पनि दिन्छ । भारतमा हाल दीर्घकालीन अवधिको ऋणमा लगानीकर्ताहरूको माग र आकर्षण बढी भएको पाइन्छ । त्यसैले सरकारले बीमा र पेन्सन कोषको बढ्दो मागलाई पूरा गर्न ५० वर्षे बोन्ड विक्री गर्न लागेको जनाइएको छ । एजेन्सी 

सम्बन्धित सामग्री

ऋणपत्र जारी गर्न नेपाल एसबिआई बैंकलाई अनुमति

नेपाल एसबिआई बैंक लिमिटेडले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नेपाल एसबिआई बैंकलाई ऋणपत्र जारी गर्ने अनुमति दिएको हो । यो बैंकले अब ‘नेपाल एसबिआई बैंक डिबेञ्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्ने […]

लघुवित्तलाई ऋणपत्र जारी गर्न पाउने छुट

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाले पनि अब ऋणपत्र जारी गर्न पाउने भएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैङ्कले सबै प्रकारका लघुवित्त वित्तीय संस्थालाई आफ्नो पुँजी कोष बराबर ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको हो । यसअघि थोक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाले मात्र ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो । […]

सरकारले ठूला आयोजनाका लागि लगानी जुटाउन हरित ऋणपत्र जारी गर्ने

१५ जेठ, काठमाडौं । सरकारले पूर्वाधार विकासका लागि आवश्यक लगानी जुटाउन हरित ऋणपत्र जारी गर्ने भएको छ । खासगरी सरकारले निर्माण गर्ने रुपान्तरणकारी आयोजनामा रकम जुटाउन ऋणपत्र जारी गरिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र जारी गर्ने

लुम्बिनी विकास बैंकले एक अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । एक् हजार रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुन आउने एक अर्ब रकम बराबरको ‘११% एल.बि.बि.एल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागिएको बैंकले जनाएको छ ।जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]

ऋणपत्र जारी गर्न सम्झौतामा हस्ताक्षर

लुम्बिनी विकास बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई एलबिबिएल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।...

प्राइम बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

प्राइम कमर्सियल बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ ।बैंकले राष्ट्र बैंकको नियामकीय प्रावधान अनुसार ऋणपत्र जारी गर्न लागेको हो। २०७९ असारसम्म प्राथमिक पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्नु पर्ने नियामकीय व्यवस्था छ । प्राइम बैंकले ऋणपत्र जारी गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागि निवेदन दिएको छ । बोर्डका अनुसार बैंकले ५ वर्षका […]

लघुवित्तले पनि ऋणपत्र जारी गर्न पाउने

थोक लघुवित्तको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो चुक्तापुँजीको २५ प्रतिशत रकमसम्मको ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन २०७७ संशोधन गरी लघुवित्तलाई ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको हो ।चालू आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाहरूलाई पुँजीको स्रोत जुटाउनका लागि ऋणपत्र जारी गर्न दिने घोषणा गरिएको थियो […]

माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, २९ बैशाख । माछापुच्छ्रे बैंकले ३ अर्ब बरावरको कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले धितो पत्र बोर्डमा उक्त रकम बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न बैशाख १५ गते निवेदन दिएको हो । बैंकले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता विभिन्न संघसंस्थाहरुलाई विक्री गर्ने जनाएको छ । […]

कामना सेवा विकास बैंकले १ अर्बबराबरको ऋणपत्र जारी गर्ने

कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । ‘९ प्रतिशत केएसबीबीएल- २०८७’ नामक सो ऋणपत्र बैंकले माघ २२ गते निष्काशन गर्ने भएको हो । इच्छुक खरिदकर्ताले ६ फागुनसम्म आवेदन दिन पाउनेछन्