रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले रूस–युक्रेनबीच प्रत्येक दिन भिडियो ढाँचामा वार्ता चलिरहेको बताएका छन् । सोमबार उनले सो कुराको जानकारी दिएका छन् ।‘हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ’ मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका छन्। उनले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको बताएका छन् ।