एमाले जोगाउने अन्तिम प्रयास, सिंहदरबारमा दुवै पक्षबीच वार्ता जारी

काठमाडौं। एमाले एकता जोगाउने अन्तिम प्रयासस्वरुप फेरि दुवैपक्षले छलफल थालेका छन्। आज माधव नेपालसहितका सांसदहरु राजिनामा बोकेर सिंहदरबारस्थित संसद सचिवालय पुगेका थिए। प्रधानमन्त्री ओलीले एमाले संसदीय दलका उपनेता सुबास नेम्वाङ र उपमहासचिव विष्णु पौडेललाई माधव नेपालसँग वार्ताका लागि पठाएका छन्। अहिले दुवै पक्षबीच वार्ता जारी छ। भोलि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदैछन्।