वीरगन्ज नाकाबाट घट्यो आयात

मुलुककै मुख्य भन्सार नाका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकी (आईसीपी) बाट मालबाहक सवारीसाधन भित्रिने क्रम घटेको छ । चाडपर्वको मुखमा भारत तथा तेस्रो मुलुकबाट अन्य अवस्थाको भन्दा बढी सवारीसाधन भित्रिनुपर्नेमा यसपटक गत वर्षको यसै अवधिभन्दा तीन गुणाले आयात घटेको आईसीपी सन्चालक इन्टर मोडल यातायात विकास समितिका अपरेसन इन्चार्ज जितेन्द्र रसाइलीले बताए । ‘अहिले सामान्य अवस्थाको भन्दा झन्डै आधाले आयात कम भएको छ,’ उनले भने ।

सम्बन्धित सामग्री

वीरगन्ज नाकाबाट धान, चामल र गहुँको आयात बढ्यो

वीरगन्ज नाका हुँदै भारतबाट धान, गहुँ र चामलको आयात ह्वात्तै बढेको छ । एकीकृत सुरक्षा जाँच चौकी सञ्चालक कम्पनी हिमालय ट्रान्स लजि पार्कको तथ्यांक अनुसार पुसयता सोमबारसम्ममा यो नाका हुँदै १ हजार ८५ ट्रक धान, ९९ ट्रक गहुँ र १२ ट्रक चामल भारतबाट आयात भएको छ ।

भारतमा भन्दा महँगो भएपछि पेट्रोल र डिजेल आयात घट्यो

भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल महंगिएपछि वीरगन्ज नाका हुँदै दुवै इन्धनको आयात घटेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वीरगन्ज नाका हुँदै डिजेलको आयातमा ३३ र पेट्रोलको आयातमा ६ प्रतिशतले गिरावट आएको छ ।

आइसीपी नै डस्टी कार्गो ढुवानीका लागि बाधक

नेपाल भारत सीमा नाकामा सञ्चालित समान संरचना एकीकृत भन्सार जाँच चौकी (आईसी) आयात निर्यातका लागि सहज हुने अपेक्षा गरिएपनि डस्टी कार्गो ढुवानीमा भने असहज बनेको छ । रक्सौलबाट वीरगन्ज नाका हुँदै भित्रिने गरेको डस्टी कार्गो भारतीय पक्षबाट आईसीपीबाटै पठाउन थालेपछि पूर्वाधार पूर्णरुपमा निर्माण सम्पन्न भएकाले ढुवानी असहज भएको आयातकर्ताले बताएका छन् । रक्सौलस्थित भारतीय रेलवे […]

माछा आयात बढ्यो

वीरगन्ज नाकाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा माछा आयात बढेको छ । पशु क्वारेन्टाइन कार्यालय पर्साका अनुसार गत आव २०७८/७९ मा वीरगन्ज नाका हुँदै ६ सय ४८ मेट्रिक टन माछा आयात भएको छ । अघिल्लो आव २०७७/७८ मा भने यो नाकाबाट ५० मेट्रिक टन माछा भित्रिएको थियो ।

वीरगन्ज नाकाबाट ४३ अर्बको इन्धन आयात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा गत वर्षको तुलनामा यस वर्ष झण्डै ४३ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । इन्धन शीर्षकमा डिजेल, पेट्रोल, एलपी ग्याँस, मट्टितेल तथा हवाई इन्धन परे पनि मुख्यतया यस नाकाबाट डिजेल,पेट्रोल र एलपी ग्याँस अत्यधिक भित्रिने गरेको छ । भारत–नेपालको छोटो दूरीको नाका […]

वीरगन्ज नाकाबाट इन्धन आयातमा उल्लेख्य वृद्धि

वीरगन्ज । वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पदार्थको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६ सय […]

वीरगन्ज नाकाबाट सवारी साधनको आयात बढ्यो

चाड पर्व नजिकिएपछि वीरगन्ज नाका हुँदै हलुका सवारी साधनको आयात ह्वात्तै बढेको छ । दसैं तिहार जस्ता चाड पर्वमा नयाँ सवारी साधन खरिद गर्ने चलन र बिक्रेताहरुले पनि यीनै पर्वको मौका छोपेर अफर ल्याउने भएकाले पनि जीप, कार जस्ता सवारी साधनको आयात साबिकको भन्दा झण्डै चार गुणाले बढेको छ ।

पेट्रोलियम पदार्थको आयात बढ्यो

काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सञ्चालन हुन थालेसँगै पेट्रोलियम पदार्थको आयात बढेको छ । राजमार्गमा पेट्रोलबाट चल्ने सवारी साधनहरू चल्न थालेपछि पेट्रोल–डिजलको आयात बढ्न थालेको नेपाल आयल निगमले जनाएको छ । एक महिना अघि दैनिक बरौनीबाट ३३ वटा ट्यांकर पेट्रोल लिएर वीरगन्ज नाका आउँथ्यो । अहिले दैनिक ७० वटाभन्दा बढी पेट्रोल ट्यांकरहरु आइरहेको […]

वीरगन्जबाट सवारी आयात बढ्यो

वीरगन्ज भन्सार नाकाबाट सवारीसाधन आयात फेरि बढेको छ । २०७२ को मधेस आन्दोलनसँगैको भारतीय नाकाबन्दीको समयमा वीरगन्ज भन्सार नाका छाडेर अरू नाका पसेका सवारीसाधन आयातकर्ता पुनः यही नाकामा फर्कन थालेका छन् । त्यतिबेला लामो समय वीरगन्ज नाका बन्द भएपछि यहाँबाट जिप, कार, भ्यानजस्ता सवारी आयात गरिरहेका ठूला आयातकर्ता भैरहवा नाकातर्फ गएका थिए ।

वीरगञ्ज नाकाबाट निर्यात बढ्दै

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने आयातमा कमी आएको छ भने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने मालवस्तुको आयातमा ११ प्रतिशतले कमी आएको छ भने भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा छ प्रतिशतले वृद्धि भएको छ ।आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु दुई खर्ब ३८ अर्ब ८५ करोडभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको तुलनामा चालु आवको सोही अवधिमा रु २८ अर्ब ४