वीरगन्ज भन्सार नाकाबाट सवारीसाधन आयात फेरि बढेको छ । २०७२ को मधेस आन्दोलनसँगैको भारतीय नाकाबन्दीको समयमा वीरगन्ज भन्सार नाका छाडेर अरू नाका पसेका सवारीसाधन आयातकर्ता पुनः यही नाकामा फर्कन थालेका छन् । त्यतिबेला लामो समय वीरगन्ज नाका बन्द भएपछि यहाँबाट जिप, कार, भ्यानजस्ता सवारी आयात गरिरहेका ठूला आयातकर्ता भैरहवा नाकातर्फ गएका थिए ।