वीरगन्ज नाका हुँदै भारतबाट धान, गहुँ र चामलको आयात ह्वात्तै बढेको छ । एकीकृत सुरक्षा जाँच चौकी सञ्चालक कम्पनी हिमालय ट्रान्स लजि पार्कको तथ्यांक अनुसार पुसयता सोमबारसम्ममा यो नाका हुँदै १ हजार ८५ ट्रक धान, ९९ ट्रक गहुँ र १२ ट्रक चामल भारतबाट आयात भएको छ ।