देउवा मतदान गरेर मात्र काठमाडौं फर्किने

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् । सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किन उनका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा हानिएका थिए ।देउवाले सोमबार आफ्नो मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकाको बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवाले आज  अमरगढी नगरपालिका र भित्री मधेसमा पर्ने परशुराम नगरपालिका

सम्बन्धित सामग्री

काठमाडौं-८ मा जीवनराम भर्सेस विराजभक्त, दुवैले गरे मतदान

काठमाडौं : देशभर बिहानैबाट मतदान भइरहेको छ। उम्मेदवारहरुले पनि आआफ्नो मतदान केन्द्र पुगेर मत हालिरहेका छन्। काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवारहरुले पनि मत हालेका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार रहेका जीवनराम श्रेष्ठले स्वयम्भूमा रहेको मतदान केन्द्र पुगेर मत दिएका छन्। यस्तै, सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार विराजभक्त श्रेष्ठले पनि…

काठमाडौं क्षेत्र नं. ७ की उम्मेदवार मानुषीले गरिन् मतदान

काठमाडौं :  काठमाडौं क्षेत्र नं. ७ मा सत्ता गठबन्धनतर्फकी उम्मेदवार मानुषी यमी भट्टराईले मतदान गरेकी छिन्।नरदेवीस्थित मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन्। नेपाल समाजवादी पार्टीका नेता मानुषी माओवादी केन्द्रको हसिया हथौडा चुनाव चिह्न दिएर लडेकी हुन्। यहाँ नेकपा एमालेबाट श्‍यामकुमार घिमिरे उम्मेदवार छन्।

काठमाडौं उपत्यकामा मतदान शान्तिपूर्ण

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत देशभर मतदान जारी रहेको छ । विभिन्न जिल्लामा विवादका कारण झडपका साथै मतदान स्थगित हुने अवस्था भएपनि काठमाडौं उपत्यकामा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंका ३२०, ललितपुरका २८८ र भक्तपुरका २१९ मतदान स्थलमा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदानका लागि पुरुष, महिला, […]

काठमाडौं महानगरका उम्मेदवार मदनदान श्रेष्ठले गरे मतदान

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवार मदनदान श्रेष्ठले डिल्लीबजार, पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेका छ्न। उम्मेदवार श्रेष्ठले बिहान ७ः१५ बजे मतदान स्थलबाट मतदान गरेका हुन्। स्थानीय तह निर्वाचन २०७९ आज देशभर मतदान जारी छ। मतदानका लागि विभिन्न मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य उपस्थिति रहेको छ। काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह, नेकपा एमालेबाट नेता केशव स्थापित र राप्रपाबाट श्रेष्

काठमाडौं उपमेयरकी दावेदार डंगोलले गरिन मतदान

काठमाडौं, वैशाख ३० । काठमाडौं महानगरपालिकामा एमालेको तर्फबाट उपमेयरको उमेदवार सुनिता डंगोलले मतदान गरेकी छन् ।

काठमाडौं मेयर उम्मेदवार समीक्षाको मतदान भ्याली भ्यूमा

काठमाडौ.– विवेकशील साझाबाट काठमाडौ. महानगर प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले मतदान गरेकी छन् । काठमाडौं वडा नम्बर ३१ स्थित भ्याली भ्यू मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । उनले मतदान गरेपछि निर्धक्क भएर मतदान गर्न महानगरबासीलाई अनुरोध गरेकी छन् । बास्कोटाले यसपटक राजधानी महानगरको नेतृत्व लिन आफू तयार रहेकोसमेत उल्लेख गरेकी छन् ।

काठमाडौं महानगरमा मतदान केन्द्र र मतगणना स्थल बनाइँदै (फोटोफिचर)

भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा मतदान केन्द्र बनाइँदै छ। मतदान सम्पन्न भएपछि काठमाडौं महानगरको मतपत्र प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गणना हुनेछ। मतपत्रको सुरक्षाका लागि...

कांग्रेसको काठमाडौं महानगरको नेतृत्व चयनका लागि मतदान सकियो

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत काठमाडौं महानगरपालिकाको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । प्रर्दशनिमार्गस्थित सभागुहमा बिहान ९ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने समय तोकिएको थियो । शनिबार उद्घाटन गरिएको अधिवेनशमा नेतृत्व चयनका लागि शनिबार ४ बजे नै मतदान प्रक्रिया सुरु गर्ने निर्वाचन कार्यतालिका रहेपनि मतदाता नामावली […]

कांग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान शुरु

नेपाली कांग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान शुरु भएको छ। राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि मतदान शुरु भएको हो। शनिबार नै मतदान गर्ने भनिएपनि...

काँग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी

नेपाली काँग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी रहेको छ । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि शुरु भएको हो । शनिवार नै मतदान गर्ने भनिएपनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन । नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वको लागि निलकाजी शाक्य प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ । मतदान समय १ बजे सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले बताएको छ ।