बाँकेमा लामो र मध्यम दूरीका सवारीसाधन सञ्चालनका लागि अनुमति

नेपालगञ्ज– जिल्ला प्रशासन कार्यालय, बाँकेले लामो र मध्यम दूरीका सवारीसाधन सञ्चालन गर्न सम्बन्धित निकायलाई सूचित गरेको छ। त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमनसमेतलाई दृष्टिगत गरी लामो र मध्यम दूरीका यातायात सञ्चालनका लागि अनुमति दिइएको प्रशासनले जनाएको छ। प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माद्वारा जारी गरिएको सूचनामा भनिएको […]

सम्बन्धित सामग्री

मतदानका दिन कुन-कुन सवारीसाधन चल्छन् ?

काठमाडौं, कात्तिक २८ । निर्वाचन आयोगले मंसिर ४ गते आइतबार हुने मतदानको दिन आवागमन व्यवस्थापनलाई विगतको तुलनामा निकै सहज बनाएको छ । विगतमा चुनावको दिन सवारीसाधन चलाउन पाउने सूचीमा राखिएका सवारीसाधन प्रयोग गर्न सम्बन्धित जिल्ला प्रशासनको अनुमति लिएर चलाउनुपर्ने स्थिति थियो । अहिले त्यसलाई परिमार्जित गरी सवारीसाधन चलाउन पाउने सूचीमा थप गरी अनुमति लिन नपर्ने […]

अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन वैशाख ३० गतेअनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो । स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ …

निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो । स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ […]

निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन नपाइने

काठमाडाै‌ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो । स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक […] The post निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन नपाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.

मध्यम तथा लामो दुरीका सवारी साधन चलाउन काठमाडौँ प्रशासनले दियो अनुमति

काठमाडौँ-  काठमाडौं जिल्ला प्रशासनले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। यसअघि साउन १ गतेदेखि लामो दुरीका सवारी अत्यावश्यक पर्दामात्र चलाउन भनी काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओहरुले निर्देशन जारी गरेका थिए। यद्यपि शुक्रबार एक अर्को सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुरोध गरेको हो। जिल्ला प्रशासनको […]

लामो दूरीको सवारीसाधन सञ्चालन गर्न प्रशासनको अनुमति (सूचनासहित)

काठमाडौं, ८ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अबदेखि लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ। आज (शुक्रबार) काठमाडौं जिल्ला प्रशासनका प्रशासकीय अधिकृत लक्ष्मी कुमारी शाहीले एक सूचना जारी गर्दै यस्तो अनुमति दिएको हो । सूचनामा भनिएको छ,‘नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८।०४। ०४ को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाट परीक्षाका […]

काठमाडौं उपत्यकामा एक हजार ४६७ सवारीसाधन होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका एक हजार४६७ वटा सवारीसाधनलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये एक हजार७५ वटा दुई पाङग्रे,२९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा अन्य ठूला सवारीसाधन रहेका छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४९६ वटा सवारीसाधन होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४९६ वटा सवारीसाधनलाई आज बिहान काठमाडौं उपत्यकाको विभिन्न स्थानमा होल्ड गरेको छ। होल्ड गरिएकामध्ये ३८५ वटा दुई पाङग्रे, ट्याक्सी २४ र अन्य ४ पाङग्रे तथा ठुला सवारीसाधन ८७ वटा रहेका छन्। निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

निषेधाज्ञा अवज्ञा गर्ने दुई हजार ९८ वटा सवारीसाधन होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले शनिबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २ हजार ९८ ओटा सवारीसाधनलाई होल्डमा राखिएको जनाएको छ। होल्डमा राखिएकामा १ हजार ६ सय ९ ओटा दुई पाङग्रे, ४०३ ओटा चार पाङग्रे र ८६ ओटा ठूला सवारीसाधन रहेका छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।