तिब्बतसँगको सिमाना सोलुखुम्बुको नाङ्गपाला नाकाको सीमास्तम्भ ढल्यो

सोलुखुम्बु - तिब्बतसँगको नाका सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ नाङ्गपालामा रहेको नेपालतर्फको सीमास्तम्भ ढलेको छ । नेपाल र तिब्बतबीचको उत्तरतर्फको नाङ्गपाला नाकामा रहेको नेपालतर्फको एक मात्र सीमा स्तम्भ तिब्बततर्फ ढलेको हो । नाकामा रहेको आरजी.५९७०९८ मा ६२ नम्बरको एक मात्र पिलर ढलेर नम्बर समेत छोपिएको याक आनुवंशिक श्रोत केन्द्र स्याङ्बोचेका निमित्त प्रमुख रामललन यादव (ललन) ले जानकारी दिनुभयो । यादवसहितको टोली याक तथा नाक खरिदका लागि चीन जाने क्रममा २०७१ साल जेठ २ गते नै त्याे स्तम्भ ढलेको पाइएको ...

सम्बन्धित सामग्री

सीमास्तम्भ सुरक्षित गर्न आग्रह

यस वर्षको बाढीले कैलालीमा रहेको नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना छुट्टयाउने सीमास्तम्भ बगाएको विषयबारे प्रतिनिधि सभामा कुरा उठेको छ ।

चीनसँगको सीमास्तम्भ उच्च जोखिममा

नेपाल र चीनको सिमाना हिल्सा क्षेत्रको किटमा रहेको सीमास्तम्भ नम्बर ७ (१) पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । सीमा स्तम्भ निर्माण गरिएको स्थान भिरालो , पहिलो जाने र सो क्षेत्रमा रहेको चट्टानमा सीमा स्तम्भ लेखिएको कारण पहिरोका उच्च जोखिम परेको हो ।

संसदमा प्रेम सुवालको प्रश्न :  नेपालको सीमास्तम्भ पिलर नम्बर १ सय ९५ खोइ ?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतले नेपालको सिमाना मिचेको विषयमा संसद र सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद  सुवालले कञ्चनपुरको पुर्नवास फाँटमा रहेको पिलर नम्बर १ सय ९५ ढालिएको वर्षौं भएको बताएका छन् । ढालिएको सीमास्तम्भ निर अचेल नेपालीलाई जान नदिएको उनले बताए । सांसद सुवालले भने–‘पिलर नम्बर १ सय ९६ भारत सरकारले वर्षौदेखि गायव पारेको छ । सो पिलर ढालेर ५ किलोमिटर नेपाल छिरेर नक्कली पिलर बनाएको जनताको गुनासो

मेचीनगरमा ७३ वटा सीमास्तम्भ हराए

गगन ढकाल झापा । नेपाल–भारत सिमाना छुट्ट्याउन मेची नदी आसपासमा राखिएका एकतिहाइ सीमास्तम्भ आफ्नो नगर क्षेत्रबाट हराएको मेचीनगर नगरपालिकाले जनाएको छ । मेचीनगरको पूर्वी क्षेत्र भारतसँग लगभग ३२ किलोमिटर सीमा जोडिएको छ । यस क्षेत्रमा नेपाल–भारत सिमाना छुट्टयाउन राखिएका २२१ सीमास्तम्भमध्ये १४८ वटा मात्र भेटिएको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।...

ढलेको सीमास्तम्भमा लुगा धुन्छन् भारतीय

झापाको गौरीगञ्जमा भारतसँग सिमाना जोडिएको गौरिया खोलामा बाढीले पुरिएको एउटा सीमास्तम्भ दुई वर्ष बितिसक्दासमेत यथास्थितिमा उठाउन पहल भएको छैन । यसबाट सीमाकै अस्तित्व सङ्कटमा परेको छ । गौरीगञ्ज गाउँपालिका–४ बाह्रसुदीमा रहेको १४९ शृङ्खलाको २४ नम्बर सीमास्तम्भ २०७६ सालको बर्खा याममा गौरिया खोलाको बाढीले ढलेको थियो । बाढीले ढलेको सीमास्तम्भ गत वर्षा यामको बाढीले झन् पुरिएको …

मुसहर समुदायको गुनासो : न नागरिकता, न धनीपूर्जा

झापा : झापाको दक्षिणी भेगका गौरीगञ्जमा जङ्गे सीमास्तम्भ नजिक वर्षौंदेखि बसोबास गर्दै आएका मुसहर समुदायका बासिन्दाले नागरिकता र जग्गाधनी पूर्जा पाउन सकेका छैनन्।गौरीगञ्ज गाउँपालिका–४ बाह्रसुदीको समस्या हो यो। भारत विहारको किशनगञ्ज जिल्लासँग सिमाना जोडिएको यो गाउँमा ४० परिवारको बसोबास छ।गाउँका कसैसँग पनि जग्गाको धनीपूर्जा छैन। बस्तीका आधाभन्दा बढी घर राज्यले प्रदान गर्ने सेवा र सुविधाको पहुँचभन्दा टाढा रहेका आदिवासी मुसहर समुदायको छ। उनीहरु अर्काको खेतीपातीमा मजदूरी गरेर जीविकोपार्जन गर