संसदमा प्रेम सुवालको प्रश्न :  नेपालको सीमास्तम्भ पिलर नम्बर १ सय ९५ खोइ ?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतले नेपालको सिमाना मिचेको विषयमा संसद र सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद  सुवालले कञ्चनपुरको पुर्नवास फाँटमा रहेको पिलर नम्बर १ सय ९५ ढालिएको वर्षौं भएको बताएका छन् । ढालिएको सीमास्तम्भ निर अचेल नेपालीलाई जान नदिएको उनले बताए । सांसद सुवालले भने–‘पिलर नम्बर १ सय ९६ भारत सरकारले वर्षौदेखि गायव पारेको छ । सो पिलर ढालेर ५ किलोमिटर नेपाल छिरेर नक्कली पिलर बनाएको जनताको गुनासो