गगन ढकाल
झापा । नेपाल–भारत सिमाना छुट्ट्याउन मेची नदी आसपासमा राखिएका एकतिहाइ सीमास्तम्भ आफ्नो नगर क्षेत्रबाट हराएको मेचीनगर नगरपालिकाले जनाएको छ ।
मेचीनगरको पूर्वी क्षेत्र भारतसँग लगभग ३२ किलोमिटर सीमा जोडिएको छ । यस क्षेत्रमा नेपाल–भारत सिमाना छुट्टयाउन राखिएका २२१ सीमास्तम्भमध्ये १४८ वटा मात्र भेटिएको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।...