केही समय अघि चिनिया कम्युनिष्ट पार्टीको उन्नाइसौँ केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठक पेइचिङ्मा सम्पन्न भयो । बैठकले “चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको चौधौँ पञ्चवर्षीय योजना र सन् २०३५ सालको दीर्घकालीन लक्ष्यसम्बन्धी सुझाव“ (‘सुझाव’) पारित ग¥यो र चीनको विकासले सामना गर्नु परिरहेको अन्तर्राष्ट्रिय र आन्तरिक अवस्थाको गहन विश्लेषण गरी सन् २०३५ मा समाजवादी आधुनिकीकरणलाई सामान्य रूपमा साकार बनाउने दीर्घकालीन लक्ष्य प्रस्तुत ग¥यो । साथै, चौधौँ पञ्चवर्षीय योजना (सन् २०२१‐२०२५) अवधिमा चीनको विकासका दिशा, प्रमुख लक्ष्य र रणनीति निर्धारण गर्यो ।
चीनको दीर्घकालीन आधुनिक निर्माण र चरणगत विकासलाई मिलाई वैज्ञानिक ढङ्गले विकासलाई विभिन्न चरणमा विभाजित गरी सधंँ चरणगत र क्रमिकरूपमा आर्थिक सामाजिक विकासलाई अगाडि बढाउनु चिनियाँ कम्युनिष्ट पार्टीको राज्य शासनसम्बन्धी एक सफल अनुभव हो । सन् १९५५ मा पहिलो