काठमाडौं,२२ जेठ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय आधारमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् […]