इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम

कञ्चनपुर – इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दश नेपाली विद्यार्थी मारिएपछि मङ्गलवार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् । सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् । ‘प्यालिस्टेनी हमास समूहले आक्रमणमा परेर नेपाली ती विद्यार्थीको ज्यान गएको दुःखद खबरले विश्वविद्यालय पनि अहिले प...

सम्बन्धित सामग्री

मारमा विद्यार्थी

टीकापुर । नेपालका लागि इजरायलका राजदूत खनान गोदरले त्यहाँ भएको आतंकवादी हमलामा नेपाली पनि परेको बताएका छन् । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थीसमेत आतंकवादी हमलाको चपेटामा परेका छन् । ‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’ प्यालेस्टिनी विद्रोही […]

सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थी सङ्गठनले लगाएको ताला दुई महिनापछि खुल्यो

काठमाडौं, ११ असोज । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो । विश्वविद्यालय प्रशासन र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम समायोजन गर्ने र गत […]

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द छ। विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन।...

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

कञ्चनपुर,६ भदौ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सह नियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूले पनि समाजशास्त्रको छैटौँ सेमेस्टरको […]

इजरायलमा सिक्न र कमाउन छानिए विद्यार्थी

कैलाली, असार २४। सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् । उनीहरू ११ महिना इजरायलमै बस्ने छन् तर उनीहरूको पढाइ टुट्ने छैन । बरु उनीहरूले त्यहाँ सिक्दै कमाउने छन् र कलेजलाई शोधपत्र बुझाएर मात्र उनीहरू फर्कने छन् । सो विश्वविद्यालय र नेपालस्थित इजरायलको दूतावासको सहकार्यमा विद्यार्थी आदानप्रदान कार्यक्रम […]

सुदूरपश्चिम विश्वविद्यालय: कृषि संकाय विद्यार्थीको रोजाइमा

कञ्चनपुर–  सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा सञ्चालित विश्वविद्यालयको कृषि संकायमा ५२ जिल्लाका १०० बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।  त्यहाँ सत्र उपप्राध्यापकले पठनपाठन गराउँदै आएका छन् । चार वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कृषि सङ्कायमा मनाङ, मुस्ताङ, ताप्लेजुङलगायत हिमाली जिल्लासँगै देशका विभिन्न क्षेत्रका विद्यार्थी भर्ना भई अध्ययन गर्दै […]

सुप विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री देउवा आउने

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन् । आगामी शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका कुलपति शेरबहादुर देउवा, शिक्षामन्त्री लगायतको सहभागिता रहने छ । समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो.एसके जोशी पनि आउने बताइएको छ ।त्यसैगरी सो समारोहमा

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग

२८ साउन, धनगढी । कैलालीको गेटामा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै विभिन्न आठ विद्यार्थी संगठनले मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याएर सञ्चालन गर्न माग गरेका हुन् । गेटालाई मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन […]