झापा – मेची भन्सार कार्यालयले आज सोमवारदेखि पूर्वी नाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका गाडीलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क सुविधा पास उपलब्ध गराउन थालेको छ ।
गएको तीन वर्षदेखि भारतीय गाडीलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतवार सूचना निकालेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई सुविधा पास दिइने जानकारी गराएको छ ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य सङ्घ र पर्यटन व्य...