सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा उभिएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालयमा बसेको नेकपा (एकीकृत समाजवादी)को बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरुले शतर्क हुनुपर्ने आवश्यकताको महशुुुस गरेको बताउनुभयो । […]

सम्बन्धित सामग्री

एमालेप्रति झलनाथको कटाक्ष– ‘सरकारमा प्रतिगमनकारी पनि छन्’

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिनुभएको छ । आज आइतवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  नेता खनालले नेकपा (एकीकृत समाजवादी) अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताउनुभयो । अहिलेको सरकार वामपन्थीहरूको नेतृत्व भए पनि खुट्टा अर्कैले टेकेको उहाँले जिकिर गर्नुभयाे । उहाँ...

झलनाथ खनालको टिप्पणीः नयाँ गठबन्धन खिचडीजस्तो

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन्। आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा (एकीकृत समाजवादी)अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताए। उनले […]

सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति

काठमाण्डाै – सत्ता गठबन्धनमा सहभागी दलहरूले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले देशलाई अहिलेकै गठबन्धन आवश्यक रहेको भन्दै मिलेर जाने सहमति गरेका हुन् । यही गठबन्धनलाई अघि बढाउने तथा सरकार सञ्चालन र नेतृत्वको विषयमा थप छलफल गर्दै जाने निष्कर्ष निकालिएको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो । नागरिकले दिएको जन...

सत्ता गठबन्धनलाई धक्का, राजु गुरुङको उम्मेदवारी खारेज (सर्वोच्चको आदेशसहित)

काठमाडौं, ४ कार्तिक । सर्वोच्च अदालतले रुपन्देही–२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको छ । आज (शुक्रबार) न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज गर्ने आदेश दिएको हो । आजको इजलाशले यसअघि गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चले […]

नेकपा एसले गठबन्धनलाई निरन्तरता दिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकले पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सत्ता गठबन्धनलाई निरन्तरता दिँदै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने निर्णय बैठकले गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न केन्द्रीय परिषद्को बैठकले गठबन्धन हुन नसकेको अवस्थामा प्रतिनिधि सभा र प्रदेश सभाका […] The post नेकपा एसले गठबन्धनलाई निरन्तरता दिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सत्ता गठबन्धनलाई हराउँदै कांग्रेसका बागी शाही निर्वाचित

जिल्ला समन्वय समिति दैलेखका प्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै १३ मत प्राप्त गरेर विजयी हुनुभयो । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गाकुमारी श्रेष्ठले नौ मत प्राप्त गर्नुभयो । …

सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौँः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन्।...

एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् ।सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधिसभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनका रूपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताए । देशी, विदेशी […]

सत्ता गठबन्धनलाई एमसिसी ‘गलपासो’ !

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनको लागि बनेको ५ दलीय गठबन्धनमा अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) ‘गलपासो’ बन्ने संकेत देखिएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारलाई एमसिसी सम्झौता अघि बढाउने बिषयमा विवाद निम्त्याउने संकेत देखिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नै सरकारको नेतृत्व गरिरहेको बेलामा २०७४ सालमा

दुई दलले प्रमाणपत्र पाएसँगै सत्ता गठबन्धन बहुमतमा, एमाले ९८ सिटमा खुम्चियो

काठमाडौ – माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी एकीकृत समाजवादी बनाएसँगै सत्ता गठबन्धनलाई बहुमत पुगेको छ। नेपालसँग प्रतिनिधिसभाका २३ जना सांसद छन्। एमालेमै रहेको अवस्थामा नेपाल पक्षका २२ जनाले शेरबहादुर देउवालाई बहुमत पुर्‍याइदिएका थिए। अब प्रतिनिधिसभामा सत्ता गठबन्धनसँग कांग्रेसको ६३, माओवादीको ४९, एकीकृत समाजवादीको २३ र जसपाको २१ सहित १५६ सांसद पुगेका छन्। यसमा […]